१५ लाख घुस लिएको आरोपमा ४ इन्जिनियरसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । कर्णाली नदी व्यवस्थापन आयोजना राजापुर बर्दियाका ४ इन्जिनियरसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा परेको छ।

अख्तियार दुरुपयोग अनुसान्धान आयोगले सेवाग्राहीसँग १५ लाख घुस लिएको आरोपमा इन्जिनियरहरु कमलप्रसाद सिटौला, इन्जिनियर विश्वेश्वरप्रसाद शाह, इन्जिनियर हरीप्रसाद चौधरी, आनन्दलालप्रसाद साह र सावारी चालक विरुद्ध मुद्दा दायर गरेको हो।

याे पनि पढ्नुस  पूर्वडीआईजी शाहविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता

निर्माण योजना तारजालीमा ढुङ्गा भर्ने कामको विल रकम भुक्तानी गरे वापत सेवाग्राहीसँग १५ लाख घुस लिइसकेको अवस्थामा उनीहरुलाई अख्तिायरले नियन्त्रणमा लिएको थियो। उनीविरुद्ध १५ लाख विगो कायम गरिएको छ। उनीहरुलाई भ्रष्टाचार निवारण ऐन बमोजिमसजायको माग दाबी गरिएको छ।

कमेन्ट गर्नुहोस्