नेपाल–भारत संयुक्त आयोग बैठक सुरु, यस्ता छन् छलफलका विषय

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठक काठमाडौंको होटल याक एन्ड यतिमा सुरु भएको हो।

बैठकमा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उनका भारतीय समकक्षी सुब्रमन्यम् जयशंकरसहित दुबै देशका उच्च अधिकारीहरु सहभागी छन्। बैठक भोलिसम्म चल्नेछ।

बैठकमा दुवै मुलुकका परराष्ट्रमन्त्रीहरू प्रदीप ज्ञवाली र जयशंकरले आ–आफ्नो धारणा प्रस्तुत गर्नेछन्। त्यसपछि प्रस्तुत एजेन्डामा विषयगत छलफल हुनेछ।

संयुक्त आयोग बैठकमा दुईपक्षीय सम्बन्ध, आर्थिक साझेदारी, व्यापार, ऊर्जा, जलस्रोत, संस्कृति, शिक्षा र दुई देशका आपसी हितका विषयमा समीक्षा हुनेछ।

सन् १९८७ जुनमा गठन गरिएको नेपाल(भारत संयुक्त आयोगको यो सातौं बैठक हो। संयुक्त आयोगको यसअघिको बैठक सन् २०१६मा नयाँ दिल्लीमा भएको थियो।

कमेन्ट गर्नुहोस्