आक्रामक बने किशोर श्रेष्ठ, रविमाथि लगाए यस्तो आरोप

काठमाडौंः  टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पत्नी निकिता पौडेलले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठसहित ३ जनाविरुद्ध उजुरी गर्ने विषयमा खबर बाहिरएसँगै श्रेष्ठले रवि लामिछानेलाई प्रश्नको वर्षा गरेका छन् ।

पत्रकार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत् शालिकराम पुडासैनीको मृत्यु प्रकरणको भिडियो उनकै परिवारबाट पाएको भन्दै तथ्य समाचार सार्वजनिक गरेको बताएका छन् ।

याे पनि पढ्नुस  रविलाई हिरासतमा राखेर अनुसन्धान गर्न निवेदन

‘भिडियोका दुई अलग अलग क्लिप्स छन् एउटा ८ मीनेट २८ सेकेन्डको र अर्को ४ मीनेट ५८ सेकेण्डको’ उनको स्टाटसमा भनिएको छ ।

अध्यक्ष श्रेष्ठले लेखेका छन्, ‘हिजो अधिवक्ता सुनिल पोख्रेल आफैँले चितवनमा पत्रकारहरुका सामु (हामीले शुरुदेखि जे भन्दै आएका थियौं) त्यही भन्नुभएको छ,अर्थात भिडियोका दुई अलग अलग क्लिप्स छन् एउटा ८ मिनेट २८ सेकेन्डको र अर्को ४ मिनेट ५८ सेकेण्डको !’

याे पनि पढ्नुस  रवि र अंगुर जिसीविरुद्धको मुद्दा खारेज

रविपत्नी निकिताले जनआस्था सम्पादक श्रेष्ठ, नेपाल आज सम्पादक संकेत कोइराला र चितवन एसपी बिरुद्ध भिडियो छेडखानीको आरोपमा जाहेरी दर्ता गर्न प्रयास गरे काठमाडौँ प्रहरीले बुधबार अस्वीकार गरेको थियो। पत्रकार श्रेष्ठले लेखेको स्टाटस यस्तो छ–

कमेन्ट गर्नुहोस्