पूर्व प्रधानमन्त्री खनाल चीन जाँदै

काठमाडौंः  नेकपाका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल पाँच दिने भ्रमणका लागि बुधबार राति चीन प्रस्थान गर्ने भएका छन्।

चिनियाँ कम्युनिष्टको निमन्त्रणामा गोन्जाओमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्नेगरी उनी चीन जान लागेका हुन्।

तत्कालिन एमाले र माओवादीबीचको एकताको क्रममा वरिष्ठ नेताको वरियता गुमाउन पुगेका नेता खनालले लामो दवावपछि हालै उक्त वरियता प्राप्त गर्न सफल भएका थिए।

तत्कालिन एमालेका नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई दिलाइएको उक्त वरियता पार्टी अध्यक्ष केपी शर्मा ओलीले खनाललाई दिन सफल भएका थिए।

उक्त निर्णयलाई लिएर अनसन्तुष्ट बनेका नेपालले मंगलबार मात्रै ‘नोट अफ डिसेन्ट’ सचिवालय बैठकमा दर्ता गरेका थिए।

कमेन्ट गर्नुहोस्