प्रचण्ड र रेणु दाहाललाई गाली गर्ने रविका समर्थक पक्राउ

काठमाडौंः  सामाजिक सञ्जाल फेसबुकमा अपशब्द प्रयोग गरेर स्टाटस लेखेको अभियोगमा चितवन माडीका एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

नेकपा अध्यक्ष प्रचण्ड, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र चितवनका प्रहरी प्रमुख दानबहादुर मल्ललाई अपशब्द प्रयोग गरी स्टाटस लेख्ने माडीका युवा अर्विन गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले फेसबुकमा रवि लामिछानेको समर्थन गर्दै प्रचण्ड, रेनु र मल्लविरुद्ध अपशब्द लेखेका थिए ।

गुरुङलाई पक्राउ गरी अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

पक्राउ परेका गुरुङलाई साइबर क्राइम वा अभद्र व्यवहार सम्बन्धी मुद्ध चलाईने उनले बताए ।

कमेन्ट गर्नुहोस्