महानगरीय प्रहरी परिसरका प्रवक्ता परिवर्तन

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता परिर्वतन गरिएको छ । परिसरमा नयाँ प्रवक्ताका रुपमा प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्द नियुक्त भएका छन् ।

यसअघि महानगरीय प्रहरी परिसर काठमाडौं तथा मातहतका प्रहरी कार्यालयहरूबाट सम्पादित जनसरोकारका विषयको जानकारी प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले दिँदै आएका थिए।

उनी बिदामा बस्‍ने भएपछि उनको ठाउँमा नयाँ प्रवक्ता नियुक्त गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ।

कमेन्ट गर्नुहोस्