राजावादी र कांग्रेसबीच साँठगाँठ, भारतबाट गम्भीर खतरा– चित्रबहादुर केसी

काठमाडौं । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले पूर्वराजा ज्ञानेन्द्र शाह, राजावादी शक्ति (राप्रपा, शिवसेना) र नेपाली कांग्रेस परिवर्तन उल्ट्याउने खेलमा लागेको निष्कर्ष निकालेको छ।

बुधबार केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्दै अध्यक्ष केसीले २०६२/०६३को जनआन्दोलनका मुख्य उपलब्धिहरु गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताविरुद्ध गम्भीर खतरा उत्पन्न भएको र यसमा पूर्वराजा, राजावादी र नेपाली कांग्रेसका नेताहरुको संलग्नता रहेको उल्लेख गरे।

याे पनि पढ्नुस  नागरिकता विधेयकः कांग्रेसलाई मधेसी मत र भारतको चिन्ता

‘पूर्वराजा, राजावादी र नेपाली कांग्रेसका नेताहरुले समेत धर्म निरपेक्षताको विरोध गरेका छन्। यदि धर्म निरपेक्षता समाप्त भयो भने नेपाल हिन्दूराष्ट्र घोषणा हुनेछ र त्यस आधारमा राजतन्त्र पुनःस्थापना हुन सक्ने खतरा छ’, जनमोर्चाको निष्कर्ष छ, ‘तर, जनताको संगठित आवाजबाट प्रतिगमन दोहोरिन नदिन हामी प्रतिबद्ध छौं।’

जनमोर्चाले परिवर्तन उल्ट्याउने खेलमा छिमेकी भारतबाट पनि खतरा रहेको औल्याएको छ। ‘भारतमा कट्टर हिन्दूवादी भारतीय जनता पार्टीको विजयले नेपालको गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताका विरुद्धको खतरा झन गम्भीर बनेको छ’, अध्यक्ष केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

याे पनि पढ्नुस  नेकपा विवादबारे गगन थापाको टिप्पणीः बालुवाटारमा तमासा अति भयो !‬

दुईतिहाइको नेकपा सरकारले काम गर्न नसकेको र कतिपय विषयमा असफल नै भएको जिकिर गर्दै जनमोर्चाले सरकारप्रतिको असन्तोषको कारणले स्वयं गणतन्त्रप्रति पनि विरोध बढेर जाने सम्भावना रहेको र कतिपय बामपन्थी दलहरुको गणतन्त्र र संविधानको विरुद्धका नीति र गतिवविधिले प्रतिगमनलाई मद्दत नै पुग्नेतर्फ सचेत गराएको छ।

याे पनि पढ्नुस  उपनिर्वाचनमा उम्मेदवार छान्न कांग्रेसलाई सकस

जनमोर्चाले संघीयताबाट नेपालको राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता र सार्वभौम सत्तामाथि खतरा रहेको ठहर समेत गरेको छ।

कश्मीरमा देखिएको भारतीय साम्राज्यवादी चरित्र नेपालका लागि पनि खतरा हुनसक्ने भन्दै जनमोर्चाले कश्मीरका जनताको आत्मनिर्णयको अधिकार तथा न्यायपूर्ण आन्दोलनप्रति ऐक्यबद्धता समेत जनाएको छ।

कमेन्ट गर्नुहोस्