मार्सल आर्टस्का ५ फाइदा

काठमाडौं । मार्सल आर्ट (अंग्रेजीमाः martial art) वा मार्सल कला, लडाई अभ्यास को प्रणाली र आत्म-सुरक्षा को लागि प्रशिक्षण गरिने परम्परा हुन । मार्सल आर्ट को एउटै उद्देश्य रहेको छ स् आफ्नो अथवा अर्काको कुनै किसीमको शारीरिक खतरा बाट रक्षा गर्नु । मार्सल आर्ट लाई विज्ञान र कला को मिलन मानिन्छ। मार्सल आर्टलाई हिन्दू धर्म, बुद्ध धर्म र विभिन्न सामिदायिक आस्था संग जोडिन्छ । यस्ता कलाहरूको प्रतिस्पर्धात्मक अभ्यास गरिनुका साथै लड़ाईका खेलहरुमा पय्रोग गरिन्छ ।

– कराते, तेक्वान्दो, बक्सिङ, कुङ फु, जुडोलगायत कम्ब्याट गेम्स अर्थात् हतियारविना नै खेलिने खेल मानिसको व्यक्तिगत विकासका लागि सहायकसिद्ध हुँदै आएका छन् । मार्सल आर्टका सबै विधाले प्रशिक्षार्थीलाई प्रतिबद्ध, अनुशासित र सफल बन्न प्रोत्साहित गर्छन् । शारीरिक र मानसिक रूपमा सशक्त बनाउन यसको महत्वपूर्ण भूमिका रहन्छ । मार्सल आर्ट तपस्या र जीवनशैली हो ।

-आत्मरक्षा, आत्मविश्वास र अनुशासन यसको प्रमुख उद्देश्य हो । मार्सल आर्ट खेल्दा रक्तसञ्चार र श्वास–प्रश्वासको संयोजन राम्रो हुने हुनाले बौद्धिक विकासमा यसको प्रत्यक्ष प्रभाव रहन्छ । बढ्दो उमेरका बालबालिकाको शरीर राम्ररी विकास हुन्छ । लचकता बढ्छ । स्मरण शक्ति पनि तेजिलो बनाउँछ ।

-गुरु र अग्रजलाई सम्मान गर्ने संस्कार विकास गर्न ठूलो भूमिका खेल्छ । जो मान्छे पहिला आक्रामक हुन्छ । त्यो मान्छे पनि मार्सल आर्ट सिकेपछि क्रमशः अनुशासित हुँदै जान्छ ।

-शारीरिक अभ्यास नगरेका व्यक्तिले भन्दा कसरत गर्नेले पौष्टिक आहारमा ध्यान दिनुपर्ने हुन्छ । खानामा रुचि बढाउँछ । सन्तुलित रूपमा खाने बानीको विकास गराउँछ । समय व्यवस्थापनमा सहयोग गर्छ र सामाजिक रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सघाउँछ ।

-राम्रो निद्रा लाग्छ । अल्छीपन हटाउँछ । युवालाई कुलतमा लाग्नबाट जोगाउँछ । किनकि मार्सल आर्टमा लागिसकेपछि उनीहरूले स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्छन् र समय तथा आफ्नो ध्यान यसैमा लगाउँछन् । त्यसैले यो सिर्जनात्मक विधा हो  ।

कमेन्ट गर्नुहोस्