अछाममा जिप दुर्घटना, ३ जनाको मृत्यु

अछाम । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकामा जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा परी एकजनाको घटना स्थलमै र अन्य दुई जनाको उपचारका क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटना स्थलमा बान्नीगढी जयगढ गाउँपालिका–४ का अशोक परियारको र उपचारका क्रममा बान्नीगढी जयगढ गाउँपालिका–४ कै काले परियार र बैतडी घर भएर हाल अछाममा सवारी चालकको काम गर्दै आएका लाल बोहराको मृत्यु भएको अछाम प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीका अनुसार मुजाबगरबाट जयगढ आउँदै गरेको से १ ज ९९५ नम्बरको जिप जयगढ माझेठाना सडक खण्डअन्तर्गत सुकिबाग डिल्ली बजार नजिक बुधबार साँझ सडकबाट करिब ५ सय मिटर तल खसेको थियो ।

दुर्घटनामा परी घाइते हुनेमा बान्नीगढी जयगढ गाउँपालिका–४ का तर्क तिमिल्सेना, कैलाली घोडाघोडी नगरपालिकाका सवारी चालक जँङिर चौधरी, कैलालीको धनगढी उपमहानगरपालिकाका घनश्याम चौधरी रहेका छन्। उनीहरूको बयालपाटा अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

कमेन्ट गर्नुहोस्