डेढ लाख घुससहित अदालतका कर्मचारी अख्तियारको फन्दामा

महोत्तरी । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला अदालत महोत्तरीका एकजना कर्मचारीलाई एक लाख ५० हजार रूपैयाँ घुससहित पक्राउ गरेको छ ।

आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले जिल्ला अदालत महोत्तरीका कर्मचारी मोहनप्रसाद यादवलाई एक लाख ५० हजार रूपैयाँ घुससहित बुधबार पक्राउ गरेको हो ।

याे पनि पढ्नुस  २० लाख घुस लिँदालिँदै समातिए २ इन्जिनियर

जिल्ला अदालत महोत्तरीका सर्वेक्षक मोहन यादवले घर नापनक्सा अनुसार नभएको भन्दै मुद्दा मिलाइदिने बहानामा सेवाग्राहीसँग घुस मागेको सूचना पाएपछि अख्तियारको टोली पुगेको थियो।

आयोगको टोलीले नापी सर्वेक्षक यादवलाई सेवाग्राहीबाट घुस वापतको एक ला ५० हजार रूपैयाँ लिइसकेको अवस्थामा जलेश्वर नगरपालिका–२, खैरा चौकबाट रंगेहात नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।

कमेन्ट गर्नुहोस्