जति खेले पनि कोहलीले तोड्न सक्दैनन् सचिनको यो कीर्तिमान

काठमाडौं । बिराट कोहलीको नाम भारतका उत्कृष्ट ब्याट्सम्यानका रुपमा अंकित छ । आफ्नो यही उत्कृष्ट प्रदर्शनका कारण कोहलीले विश्व क्रिकेटका कैयन रेकर्ड समेत तोडेका छन् ।

बिराट कोहलीले हालै मात्र वेष्ट ईण्डिजविरुद्धको वान डे सिरिजमा लषातार दुई शतक लगाए । योसँगै एकदिवसीय अन्तरास्ट्रिय क्रिकेटमा उनले ४३ शतक जोडिसकेका छन् । उनी सचिनको ४९ शतकको रेकर्ड भन्दा थोरै मात्र पछि छन् ।

तेन्दुलकरले वान डे क्रिकेटमा ४४.८३ को औसतबाट १८४२६ रन बनाएका छन् । कोहलीले भने २३० वान डे खेलमा ६०.३१ को औसतबाट ११५२० रन बनाइसकेका छन् ।

टेष्टको कुरा गर्दा कोहलीले सचिनकनका आधा जति रेकर्ड आफ्नो ना गरिसकेका छन् । कोहलिको नाममा ७७ टेष्ट खेलका १३१ पारिमा २५शतक छन् । सचिनले भने ३२९ पारिमा ५१ शतक लगाएका छन् ।

तर सचिनको यो एउटा रेकर्ड भने कसैले तोड्न नसक्ने विरेन्द्र सहवाग बताउँछन् ।कसैले पनि यति बढी टेष्ट खेल्न सक्दैनन् उनले भने, यो रेकर्ड कोहलीले पनि तोड्न सक्दैनन् ।

कमेन्ट गर्नुहोस्