Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

रविलाई जेल हाल्न हैन, पुडासैनीलाई न्यायका लागि मेराे वकालत- स्वागत नेपाल

शालिकराम पुडासैनीकाे अात्महत्या प्रकरणमा पुडासैनी परिवारका तर्फबाट बहस गर्ने घाेषणा गरेका अधिवक्ता स्वागत नेपालले न्याय सबैलाई चाहिने बताएका छन् ।

फेसबुकमा लेख्दै उनले भनेका छन :

मैले स्व. शालिकराम पुडासैनीको पक्षबाट बहस पैरवी गर्न स्वीकार गरेको रवी जीलाई जेल हाल्न होइन, स्व. पुडासैनीको देहान्त कसरी भयो भन्ने सत्य सबै वीचको बहस पैरवीबाट स्थापित गर्न हो, नेपालमा अहिलेसम्म भएका शंकाष्पद जीवनान्त्य सरह पर्दाभित्रै नरहोस् भनेर हो । मेरो वहस पैरवी रवी जीलाई पनि न्याय दिलाउनको लागि हो, कानुनको शासनको लागि हो । रवी जि मात्र किन ? सँगै अरु पक्राउ परेका अरु साथीहरुका लागि चाहिँ चाहिँदैन न्याय ?

के ती चेलीलाई न्याय चाहिँदैन जसको म्यासेजको गोप्यता सार्वजनिक गरेर उनको बाँकी जीवन पनि अप्ठ्यारो बन्दैछ ? विषय त उनीहरु वीचको च्याट म्यासेज घुमाई घुमाई सेभ गरेर एकअर्कामा डिस्सिमिनेट गरिएको चाहिँ हो । कसले कति कमाउँथ्यो, कसले कति कमाउँथ्यो भन्ने विषय आत्महत्या दुरुत्साहनको विषय हुन सक्दैन भनेर मैले अन्तरवार्ताहरुमा भनेको छु । र, उहाँको म्यासेज रवीजीले नै डिस्सिमिनेट गरेको हो भन्ने मलाई लाग्दैन भनेर पनि भनेको छु । अहिलेको सबैभन्दा मुख्य कुरा नै शालिकराम जीको जीवनान्त्यको कारण पत्ता लाग्नु नै उनको आत्मालाई, रवी जीलाई र अरु साथीहरुलाई पनि न्याय प्राप्त हुनु हो । त्यसैले म न्यायका लागि बहस पैरवी गर्दैछु । कसैमाथि आरोप हुने छैन । तथ्यको प्रस्तुति र मिमांसा हुने छ मेरो तर्फबाट ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: