यू–१९ एसिया कपः नेपाली टिमको घोषणा, को–कोले पाए मौका?

काठमाडौंः  एसीसी यू–१९ एसिया कपका लागि रोहितकुमार पौडेलको कप्तानीमा नेपालले अन्तिम १५ सदस्यीय टोलीको घोषणा गरेको छ । प्रतियोगिता सेप्टेम्बर ५ देखि १४ सम्म श्रीलंकामा हुन गइरहेको छ ।

घोषणा गरेको टिममा मोहमद आसिफ शेख, सन्दीप जोरा र सूर्य तामाङ टिममा फर्किएका छन् । यसअघि भएको इस्टर्न रिजन प्रतियोगितामा तीनै खेलाडीलाई विश्राम दिइएको थियो ।

याे पनि पढ्नुस  यू–१९ एसिया कपः अन्तिम खेलमा यूएईविरुद्ध नेपालको फराकिलो जित

नेपालले भदौ २० गते श्रीलंकाको सामना गर्नेछ । नेपाल, श्रीलंका, बंगलादेश र यूएई एउटा समूहमा छन् । अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् ।

राउन्ड रोविन लिगपछि दुई समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । नेपालले दोस्रो खेल भदौ २२ गते बंगलादेश र अर्को खेल यूएईसँग भदौ २४ गते खेल्नेछ ।

याे पनि पढ्नुस  नेपाललाई तेस्रो झड्का, ५४ रनमा आउट भए रित (अपडेट)

नेपालको पूर्ण टोलीः रोहितकुमार पौडेल (कप्तान), पवन सर्राफ, कमलसिंह ऐरी, रित गौतम, हरिबहादुर चौहान, भिम सार्की, मोहमद आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, राशिद खान, सगर ढकाल, खडक बहादुर बोहरा, सूर्य तामाङ, लोकेश बम र प्रतिस जिसी

कमेन्ट गर्नुहोस्