देउवा निवासमा गौरा भित्र्याइयो

कैलालीः  नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको धनगढी स्थित निवासमा बिहीबार धुमधामका साथ गौरा भित्र्याइएको छ ।

गौराको पूजाा तथा अर्चनाका लागि नेपाली कांग्रेकी नेतृ तथा डा. आरजु राणा देउवा बिहीबार नै धनगढी पुग्ने कार्यक्रम छ ।

गौरा पर्बलाई समूहिक रुपले मनाउने कार्यक्रम तय भएको नेपाल महिला संघ कैलालीका अध्यक्ष पुष्पा भट्टले बताइन् । भदौ ६, ७ र ८ गते देउवा निवास धनगढीमा गौरा खेलिने कार्यक्रम रहेको पनि अध्यक्ष भट्टले बताइन् ।

गौरा भाद्र सप्तमीका दिन बाजागाजा सहित गौरा भित्र्याउने गरिन्छ । आठ प्रजातिका वनस्पतिहरु (धान, साउँ, पाती, कुर्जो, दुबो, कुस, तिल र अफामार्ग) बाट गौराको मूर्ति बनाइन्छ । नौ प्रकारका प्राकृतिक वनस्पतिबाट बनेकाले यसलाई नवदुर्गाको प्रतिक मान्ने गरिन्छ ।

यहि नौ प्रकारका वनस्पतिबाट बनेको मूर्ति भगवती अर्थात पार्वतीको मूर्ति हो । यसलाई गरगहना लगाएर खेतबाट बाजागासहित गौरा घरमा भित्र्याइन्छ ।

गौरालाई सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका साथै भारतको उत्तराखण्ड प्रदेशको कुमाउ र गढवालमा पनि मनाउने गरिन्छ । गौरा पर्व महिलाहरुले सौभाग्य, सुख, शान्ति र समृद्धिका लागि गरिने धार्मिक अनुष्ठान रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्