४ भाषामा धमाकेदार इन्ट्री गदै दबङ्ग–३, यस्तो भयो घोषणा

मुम्बई। बलिउड सुपरस्टार सलमान खानको दबंग सिसिजको तेश्रो फिल्मको पर्खाईमा बसेका दर्शकहरुका लागि खुसीको खबर छ ।

सोनाक्षी सिन्हा नायिका रहेको दबंग ३ मा साई मन्जेरकरले डेब्यू गर्दैछन् ।

प्रभुदेवाको निदैृशनमा बन्न लागेको चलचित्र एकैपटक चार भाषामा रिलिज हुने तयारीमा रहेको छ ।

सलामान खान यतिखेर राजस्थानमा चलचित्रको छायांकन गरिरहेका छन् । यो चलचित्रमा सलमान खानलाई १८ वर्ष भन्दा कम उमेरको यु्वाका रुपमा देखाइने छ ।

सलमान खानका अतिरिक्त चलचित्रमा सोनाक्षी सिन्हा, अरबाज खान, बिनोद खन्नाका भाई प्रमोद खन्ना मुख्य भूमिकामा देखिनेछन् ।

यसअघि दबंग २ मा सलमान खानका बुवाका रुपमा विनोद खन्ना रहेका थिए । तर उनको निधनपछि उनका भाईलाई यसका लागि भूमिका दिइएको छ ।

चलचित्र डिसेम्बरमा रिलिज हुने अनुमान ग रिएको छ ।

कमेन्ट गर्नुहोस्