फेरि बढ्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य फेरि बढेको छ । पछिल्लो एक महिनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा प्रतितोला ३ सय रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ३ सय र चाँदीमा प्रतितोला ५ रुपैयाँले वृद्धि भएको छ ।

याे पनि पढ्नुस  फेरि बढ्यो सुनको भाउ

छापावाला सुन प्रतितोला ७१ हजार ३ सय पुगेको छ । मङ्गलबार छापावाला सुन प्रतितोला ७१ हजारमा कारोवार भएको थियो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला ३ सय ले वृद्धि भएको छ । स्थानीय बजारमा तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार पुगेको छ । मङ्गलबार तेजाबी सुन प्रतितोला ७० हजार ७ सयमा कारोवार भएको थियो ।

याे पनि पढ्नुस  फेरि घट्यो सुनको मूल्य

सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ । चाँदीको मूल्य पाँच रुपैयाँले वृद्धि भएर प्रतितोला ८३० पुगेको महासङ्घले जनाएको छ ।

मङ्गलबार चाँदी प्रतितोला ८२५ मा खरीदबिक्री भएको थियो । भदौ लागेसँगै स्थिर भएको सुनको मूल्य बुधबार वृद्धि भएको हो ।

याे पनि पढ्नुस  आज पनि घट्यो सुनको मूल्य

कमेन्ट गर्नुहोस्