अमिताभ बच्चनलाई लागेको छ यो गम्भीर बिमारी, ७५ प्रतिशत कलेजो खराब

काठमाडौं, बलिउडका मेगास्टार अमिताभ बच्चनले आफ्नो प्रशंसकहरुलाई आफ्नो स्वास्थ्यका बारेमा जानकारी दिंदै आएका छन् ।

हालै मात्र उनले आफुलाई लागेको बिमारीका बारेमा नयाँ रहस्य खोजेका छन् । “मेरो कलेजो अहिले ७५ प्रतिशत खराब छ ।” उनले बताए ।

आठ वर्षसम्म क्षयरोगबाट पीडित हुँदा समेत आफूले पत्तो नपाएको उनले बताए । उनले भने, “म सधैं आफ्नो व्यक्तिगत उदाहरणका बारेमा बताउँदै आएको छु । र तपाईलाई यी सबै बिरामीका बारेमा जागरुक समेत गर्दै आएको छु । तर आज म तपाईलाई म हेपेटाइटिस बी र क्षयरोगले पीडित भएको बताउँदा मलाई कुनै लज्जाबोध भएको छैन ।”

उनले अगाडि भने, “मेरो शरीरमा खराब रगत प्रवाह हुँदै गयो । मेरो कलेजो ७५ प्रतिशत काम नलाग्ने भयो । तर मैले यो कुरा पत्ता लगाउन सकेँ त्यसैले आज २० वर्षपछि पनि मेरो कलेजो ७५ प्रतिशत खराब हुँदा समेत म २५ प्रतिशत कलेजोले बाँचिरहेको छु ।”

पोलियो, हेपेटाइटिस बी, क्षयरोग र मधुमेह जस्ता कैयन स्वास्थय अभियान सँग जोडिएका अमिताभले मानिसहरुलाई नियमितरुपमा जाँच गर्न अपील गरेका छन् । बिरामी छिटै पत्ता लगाएर उपचार गर्न सकिने उनले बताए ।

सबै बिरामीको इलाज हुन्छ । मलाई क्षयरोग भएको ८ वर्षपछि मात्रै थाहा पाएँ । म जस्तो अरुलाई पनि हुनसक्छ । त्यसैले समयमा नै जाँच गराउनुस ।

सन १९८२ मा कुली चलचित्रको छायांकन गर्दा उनी गम्भीर घाइते भएका थिए । तर मर्ने बाँच्ने अवस्थमा पुग्दा समेत उनले हिम्मत हारेनन ।

कमेन्ट गर्नुहोस्