भारतीय विदेशमन्त्री जयशंकर र समाजवादी पार्टीका अध्यक्षद्वयबीच भेट, के भयो कराकानी?

काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्षद्वय डा. बाबुराम भट्टराई–उपेन्द्र यादव र भारतीय विदेशमन्त्री डा. सुब्रह्मण्यम् जयशंकरबीच भेटघाट भएको छ ।

भेटघाटका क्रममा नेपाल–भारतबीचको सम्बन्धका बारेमा विधि पक्षका बारेमा छलफल भएको बताइएको छ ।

डा. भट्टराईले भारतीय विदेशमन्त्री जयशंकरसँग भएको भेटका क्रममा लिइएको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै लेखेका छन्, ‘नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेशमन्त्री डा. सुब्रह्मण्यम् जयशंकरसंग नेपाल–भारत सम्बन्धका विविध पक्षबारे छलफल । हामी दुवै पढेको जेएनयूका पुराना साथीहरूको पनि रोचक स्मरण ।’ भेटघाटमा नेपालका लागि भारतीय राजदूत मञिजवसिंह पुरी पनि सहभागि थिए ।

कमेन्ट गर्नुहोस्