प्रधानमन्त्री ओली उपचारका लागि पुनः सिंगापुर प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पुनः स्वास्थ्य परीक्षणका लागि आज सिंगापुर प्रस्थान गरेका छन् ।

बिहीवार अपराह्न साढे १ बजे थाई एयरबाट पत्नी राधिका शाक्य लगायतका सहयोगी, निजी चिकित्सक र सुरक्षाकर्मीका साथ प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान गरेका हुन् ।

सिंगापुर प्रस्थान गरेका ओली स्वदेश फर्किने मिति भने तोकिएको छैन । चिकित्सकको सल्लाह बमोजिम प्रधानमन्त्री ओली स्वदेश फर्कने मिति तय गरिने जनाइएको छ ।

अघिल्लो पटक २०७६ साउन १८ गतेदेखि २७ गतेसम्म सिंगापुरको नेसनल युनिभर्सिटी अस्पताल (एसएनयू) मा उनको स्वास्थ्य परीक्षण गरिएको थियो ।

कमेन्ट गर्नुहोस्