विश्वविद्यालयका उपकुलपतिमा कार्यवहाक तोकियो, त्रिविमा सुधा त्रिपाठी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय लगायतका अन्य विश्वविद्यालयमा उपकुलपति पदमा कार्यवहाक तोकिएको छ ।

त्रिभुवन विश्वविद्यालयका हालका कुलपति प्रा.डा. तीर्थ खनियाँको कार्यकाल शनिवारबाट रिक्त हुने भएकाले सो पदमा प्रा.डा. सुधा त्रिपाठीलाई कार्यवहाक दिइएको छ ।

त्यसै गरी नेपाल संस्कृत विश्वविद्यालयका कार्यवहाक उपकुलपतिमा रमेश ढकाल, कृषि तथा वन विश्वविद्यालयको उपकुलपतिमा शरदा थपलीया र पूर्वाञ्चल विश्वविद्यालयमा बिजुकुमार थपलीयलाई कार्यवहाक तोकिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीका स्वकीय सचिव पुरन केसीले जानकारी दिए ।

त्यस्तै त्रिविको उपकुलपतिको नाम सिफारिसका लागि गठन गठित समितिको अवधि आगामी २० गतेसम्मका लागि थप गरिएको छ ।

त्यस्तै अन्य विश्वविद्यालयहरूमा उपकुलपति छनौटका लागि पनि समिति गठन गरिएको छ । गाेरखापत्र दैनिकबाट

कमेन्ट गर्नुहोस्