गुगलले ल्यायो नयाँ सर्च एप

इन्टरनेट प्रयोगकर्ताहरूलाई सर्च इन्जिन कति आवश्यक छ भन्ने कुरा भनिराख्नु पर्दैन।  आज इन्टरनेटमा धेरै सर्च इन्जिन्हारू उपलब्ध रहेका छन्।  तीमध्ये सबैभन्दा बढी लोकप्रिय गुगल सर्च इन्जिन हो।  गुगल सर्च इन्जिन विभिन्न प्लेटफर्ममा एप्लिकेसनको रूपमा पनि रहेको छ।

हाल मात्रै इन्टरनेट ब्राउज गर्ने कामलाई अझै प्रभावकारी बनाउन भन्दै गुगलले ‘गुगल गो सर्च’ नाम गरेको नयाँ सर्च एप्लिकेसन सार्वजनिक गरेको छ।  कम्पनीले यसलाई गुगुअल सर्च एप्को लाइट भर्सन भएको जनाएको छ।  हाललाई यो एप एण्ड्रोइड प्लेटफर्ममा मात्र उपलब्ध रहने बताइएको छ।

गो सर्च एप्का केही नयाँ विशेषताहरू रहेको गुगलले बताएको छ :

१. यो एप्लिकेसन हाललाई एण्ड्रोइड का ५.० ललिपप या त्यसभन्दा माथिका एण्ड्रोइड  भर्जंका लागि उपलब्ध रहेको छ।

२. यो गुगुअल सर्चको ‘लाइट भर्जन’ हो र यसको सिज लगभग ७ एमबी रहेको छ।

३. यसले टेक्स्ट सुनेर पनि टाइप गर्न सक्छ।  यसले टेक्स्टलाई क्यामेरा फ्रेममा राखेर पढ्न सक्छ र  पनि भाषाको टेक्स्टलाई अन्य भाषामा अनुवाद पनि गर्न सक्छ।

४. यो एप केही देशहरू मा पहिलेदेखि नै उपलब्ध र रहेको र अब यसलाई संसारभरि  उपलब्ध गराइएको गुगलले बताएको छ। सर्च रिजल्टका साथै यस एपले प्रयोगकर्ताका प्राथमिकताहरूलाई आफ्नो स्मृतिमा राख्ने भएकोले यसको प्रयोग परम्परागत गुगुअल सर्च भन्दा राम्रो हुने दाबी कम्पनीको रहेकोछ।

कमेन्ट गर्नुहोस्