पुडासैनी घटनामा भ्रम फैलाउने अनलाइन र यूट्युब च्यानलको सूची तयार, कार्वाही गरिने

चितवन । चितवन प्रहरीले पुडासैनी आत्महत्या प्रकरणमा भ्रम फैलाउने सामाजिक सञ्जाल र अनलाईन मिडियामाथि कार्वाही गर्ने बताएको छ ।

नेपाल प्रहरीले प्रेस काउन्सिलसँग समन्वय गर्दै कार्वाही गर्ने बताएको बेला चितवन प्रहरीले समेत सो का लागि कार्वाही गर्ने तयारी तीब्र बनाएको थाहा भएको छ ।

याे पनि पढ्नुस  महानिरीक्षकसहित ४ प्रहरी अधिकृतविरुद्ध मानहानी मुद्दा चलाउन आदेश

चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले भीड उत्तेजित बनाउनेलाई घर–घर गएर भए पनि समात्ने बताएका छन् ।

“हामीले घर, ठेगानासमेत पत्ता लगाएर खोजी गरिरहेका छौं, कतिपय घरै छाडेर भागेको पनि देखिएको छ’, चितवन प्रहरी प्रमुख मल्ल भन्छन्, “कतिपयले अहिले सामग्री डिलिट पनि गरेका छन् । तर, हाम्रो निगरानीमा रहेका व्यक्ति भागेको भए पनि मुद्दा दर्ता हुन्छ ।’

याे पनि पढ्नुस  उपत्यकाका सबै घुमुवा प्रहरी फेरिए

प्रहरीको महागनरीय अपराध अनुसन्धान महाशाखाले मंगलबारमात्रै प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतलाई गाली गरेको आरोपमा बाराबाट सागर मैनालीलाई पक्राउ गरेको थियो । उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तरगतको कसूरमा कारवाही गर्ने तयारी महाशाखाको छ ।

त्यसअघि रवि लामिछानेलाई पक्राउ गरेको भन्दै फेसबुकमा काठमाडौं प्रहरी प्रमुखलाई ‘रिप’ लेखेको आरोपमा अछामको मंगलसेनबाट रिदम बीसी पक्राउ परेका थिए । उनी एसएसपी उत्तमराज सुवेदीलाई माफी मागेर अबदेखि त्यस्तो हर्कत नगर्ने कागज गरेर छुटेका छन् ।

कमेन्ट गर्नुहोस्