Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भारतीय युवतीसँग विवाह गर्दै क्रिकेटर ग्लेन म्याक्सवेल

एजेन्सीः  केही दिनअघि मात्र पाकिस्तानी क्रिकेटर हसन अलिले भारतीय मूलकी युवतीसँग विवाह गरे । उनले दुबईमा सामिया आर्जु नाम गरेकी भारतीय युवतीसँग विवाह गरेका हुन् ।

यसैबीच, अष्ट्रेलिया क्रिकेट टिमका अलराउन्डर ग्लेन म्याक्सवेलले पनि भारतीय युवतीसँग विवाह गर्ने प्रशंगले चर्चा पाएको छ ।

भारतीय मिडियाका अनुसार म्याक्सवेलले भारतीय सेलिब्रेटी जिनी रमनसँग विवाह गर्न लागेका हुन् । स्रोतका अनुसार म्याक्सवेल र रमन लामो समयदेखि डेटिङमा छन् ।

यद्यपि यी दुईबीचको विवाह कहिले हुने भनेर खुलाइएको छैन । म्याक्सवेल र विनीको तस्विर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । दुवैले एकअर्काको फोटो पनि सेयर गरिएको देखिन्छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: