पुडासैनी आत्महत्यापछिकाे परिस्थितिबारे मेयर रेणुले जारी गरिन् विज्ञप्ति (पूर्णपाठ)

चितवन । भरतपुर महानगरपालिका मेयर रेनु दाहालले पत्रकार शालिकराम पुडासैनीकाे मृत्यु अस्वभाविक भएकाेले सम्बन्धित पक्षलाई छानबीन गरि सत्यतथ्य पत्ता लगाउन अपील गरेकी छिन् ।

आज एक विज्ञप्ति जारी गर्दै नगरप्रमुख दाहालले प्रहरिकाे अनुसन्धान प्रभावित नगर्न र घटनासँग सम्बन्ध नै नभएका शीर्ष राजनीतिक नेतृत्व र भरतपुर महानगरपालिकाका मेयरमाथि लगाईएकाे आराेप र गालीगलाैजकाे पनि भत्सर्ना गरेकी छिन् ।

याे पनि पढ्नुस  रविको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन उच्च दालतको आदेश

‘कुनै पनि मुद्दामा अनुसन्धान गर्ने जिम्मा प्रहरीको, अभियोजन गर्ने दायित्व सरकारी वकिलको कार्यालयको र न्याय निरुपण गर्ने दायित्व सम्मानित अदालतको भएको हुँदा यस सम्वन्धमा निष्पक्ष, सत्यतथ्य छानविन गरी ‘दोषी नछुटून् र निर्दोष नपरुन्’ भन्ने मान्यताका आधारमा शीघ्र न्यायिक निरुपणका लागि महानगरपालिका सम्वन्धित पक्षसँग आग्रह गर्दछ, विज्ञप्तिमा भनिएको छ।

याे पनि पढ्नुस  सरकारी अस्पतालमा डेङ्गु किटको अभाव हुन दिँदैनौंः महानगर प्रमुख दाहाल

सो घटनाको अनुसन्धानका क्रममा रहेका व्यक्तिहरुको विषयलाई लिएर कतिपय व्यक्तिहरुबाट सडक एवं सामाजिक सञ्जालको दुरुपयोग गरी घटनासँग कुनै सरोकार नै नभएका राज्यका उच्चपदस्थ नेतृत्व र भरतपुर महानगरपालिकाका प्रमूखप्रति कपोलकल्पित, मनगढन्ते, अनर्गल तथा भ्रामक विचारहरु सम्प्रेषण गर्ने, अपशव्द प्रयोग एवं गालीगलोज गरी व्यक्तिको वैयक्तिक स्वतन्त्रतामाथि मानमर्दन गर्ने र अराजक परिस्थिति सिर्जन गर्ने प्रवृत्ति देखिनु दुखद् भएको महानगर प्रमूख रेनु दाहालद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ।

याे पनि पढ्नुस  डेंगु नियन्त्रणका लागि भरतपुर महानगरले थाल्यो अभियान

पढनुस पूरा विज्ञप्ति

कमेन्ट गर्नुहोस्