रक्षामन्त्री पोखरेलले पाए कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौंः  प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्थान गरेकाले उपप्रधानमन्त्री ईश्वर पोखरेलले कार्यबाहकको जिम्मेवारी पाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिशमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री पोखरेलले सम्हाल्ने जिम्मेवारी दिएकी हुन् ।

पोखरेललाई कार्यबाहकको पत्र राष्ट्रपति कार्यालयले दिइसकेको छ ।

कमेन्ट गर्नुहोस्