डिभी परेर अमेरिका उडेका वडाध्यक्षले इमेलबाट दिए राजीनामा

काठमाडौंः  निर्वाचन जितेपछि डिभी (डाइभर्सिटी भिसा) परेर अमेरिका गएका मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष जगतमान घिसिङले इमेलमार्फत राजीनामा पठाएका छन्।

पाँच महिनाअघि गत चैतमा अमेरिका उडेका घिसिङले बुधबार राजीनामा दिएको इमेल गाउँपालिकामा पठाएका हुन्। तीन महिनाका लागि विदा लिएका घिसिङ पाँच महिनासम्म वडा कार्यालय फर्केका थिएनन्।

‘वडाध्यक्षज्यूले इमेलबाट राजीनामा पत्र पठाउनुभएको छ,’ गाउँपालिकाका प्रशासकीय अधिकृत जीवन कुँवरले भने, ‘कुरियरबाट पनि राजिनामा पत्र पठाउनुभएको भन्ने सुनेको छु। नेपालमा आइपुग्न समय लाग्ला।’

घिसिङ तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। सेताेपाटीबाट

कमेन्ट गर्नुहोस्