अक्षय कुमार बने विश्वकै चौथो धनी कलाकार, सलमान खान सूचीबाट आउट

बलिउड सुपर स्टार अक्षय कुमार विश्वमै सबैभन्दा बढी कमाई गर्ने कलाकारको सूचीमा परेका छन् । फोर्ब्स पत्रिकाले वार्षिक रूपमा जारी गर्ने यस्तो सूचीमा उनी संसारमै चौथो नम्बरमा रहेका छन् ।

भारतीय कलाकारहरूको तुलनामा भने अक्षय निकै अगाडि देखिएका छन् । उनी फोर्ब्सद्वारा जारी सूचीमा शीर्ष १० मा स्थान बनाउन सफल एकमात्र भारतीय कलाकार हुन् ।

फोर्ब्सले २०१८ जुनदेखि २०१९ जुनसम्म कलाकार र मनोरंजन क्षेत्रका सेलिब्रिटीहरूले गरेको कमाइको तथ्यांक विश्ल्व्शन गरेर उक्त सूची तयार गरेको हो ।

फोर्ब्सले जनाए अनुसार समिक्षा अवधिभरि अक्षय कुमारको जम्मा कमाई ६९ मिलियन डलर अर्थात् सात अर्ब ९० करोड रुपैयाँ रहेको छ ।

सम्पत्तिको हकमा यस सूचिको पहिलो नम्बरमा रहेका सेलिब्रिटी ‘द रक’का नामले प्रसिद्ध रेस्लरबाट हलिउड कलाकार बनेका ड्वेन जोनसन छन् । उनको जम्मा कमाइ ८४.४ मिलियन डलर अर्थात लगभग नौ अर्ब ६६ करोड रहेको छ ।

उनी पछि एभेन्जर्स सिरिजका स्टार क्रिस हेम्सवर्थ र डाउनी जुनियर रहेका छन् । क्रिस एभेन्जर्स सिरिजमा थोरको भूमिकामा देखिने गरेका छन् भने डाउनी जुनियर स्टारक अर्थात आइरन म्यानको भूमिकामा रहेका छन् ।

अक्षय कुमारपछि चिनियाँ कलाकार ज्याकी च्यान रहेका छन् । उनको कुल कमाइ ५८ मिलियन डलर रहेको छ ।

अक्षय फोर्ब्सले जारी गरेको २०१८ को सूचीमा सातौं नम्बरमा थिए । यस सूचीमा कुनै समय बलिउडका खान र अमिताभ बच्चनको नाम रहने गर्दथ्यो । २०१८ यता भने अक्षय कुमार यस सूचीमा निरन्तर उक्लिँदै गएका छन् ।

कमेन्ट गर्नुहोस्