रावणको भाई कुम्भकर्ण महान वैज्ञानिक भएको खुलासा

काठमाडौं । कुम्भकर्णको नाम लिने बित्तिकै हाम्रो मनमा तस्वीर नाच्छ– एकजना ६ महिनासम्म सुत्ने मानिसको ।

त्यसो त भानुभक्तको रामायणमा पनि कुम्भकर्ण निन्द्रमा भएको बेला उसलाई ब्यूँझाउन रावणले कर्कश आवाज निकाल्ने संगीत ध्वनी यन्त्रसहित मानिस पठाएको वर्णन छ ।

रामायणका अनुसार, कुम्भकर्णले ब्रम्हाजीसँग वरदान माग्दाखेरि नै ६ महिना सुत्न पाउँ भनेर मागेका थिए रे ।

तर यी हामीले सुन्दै र सुनाईदै आएका कुरा हुन ।

अहिले भने कुम्भकर्णका बारेमा नयाँ तथ्य पत्ता लागेको छ ।

भारतका केही पौराणकि घटनाका शोधकर्ताहरुले यो किंवदन्तीमाथि प्रश्न उठाउँदै कुम्भकर्ण ६ महिना नसुत्ने बताएका छन् । सोधकर्ताहरुका अनुसार जुन व्यक्तिले ब्रम्हाजीलाई प्रसन्न गर्न वर्षौ तपस्या गर्नसक्छ, त्यो व्यक्तिले ६ महिना सुत्ने वरदान माग्ने प्रश्न नै उठदैन ।

शोधकर्ताका अनुसार, रावण आफ्नो समयको महाज्ञानी थियो । रावणको परिवारमा हरेक सदस्य कुनै न कुनै विषयमा पारंगत थिए । यस्तो अवस्थामा कुम्भकर्ण आलसी र प्रमादी थियो भन्नु सही हुन सक्दैन ।

नयाँ शोधहरुमा यो अनुमान लगाइएको छ कि कुम्भकर्ण वास्तवमा एउटा वैज्ञानिक थियो । र, उसले कुनै ठूलो प्रयोगमा काम गरिरहेको थियो । उसले आफ्नो यो शोधका लागि कुनै अज्ञात स्थानमा प्रयोगशाला बनाएको थियो । जहाँ ऊ ६ महिना समय बिताउने गर्दथ्यो । यो बेला ऊ आम मानिसको आँखामा पर्दैनथ्यो ।

शोधर्कर्ताहरुका अनुसार, उसको प्रयोगशाला किष्किन्धाको दक्षिणमा कुनै गुफामा थियो । यहाँ लंकाका महत्वपूर्ण शोध र खोजका कामहरु हुने गर्दथे ।

त्यसै पनि रावणसँग त्यो बेला पुष्पक विमान थियो भन्ने रामायणको कथनले पनि रावण शोध र खोजका सवालमा राम भन्दा निकै अगाडि रहेको पुष्टि गर्छ ।
कैयन मानिसहरु रावणले प्रयोग गर्ने दिव्यास्त्र पनि कुम्भकर्णले नै विकास गरेको बताउँछन् । कुम्भकर्णले नै कैयन विमानहरु पनि निर्माण गरेको उनीहरुको मत छ ।

केही सिद्दान्तकार भने कुम्भकरणको वास्तविक ठेगाना ल्याटिन अमेरिकाको कुनै देशमा थियो । त्यहाँ जान ऊ आफैले विकास गरेको विमानको प्रयोग गर्ने गर्दथ्यो ।

यद्यपी यी सबै अनुमान अहिले सैद्धान्तिक अवस्थामा छन् । सोधकर्ताहरु यी सिद्धान्तलाई प्रमाणित गर्ने भौतिक साक्ष्यको खोजीमा लागेका छन् ।

कमेन्ट गर्नुहोस्