Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

एकता समाजद्वारा टिटानस पीडित लिम्बूलाई सहयोग

उद्धव मगर दोहा कतार

नेपाली एकता समाज साहानिया एरिया समितिलेद्धारा टिटानस् पिडित सुजन थाम्सुहाँङ लिम्बुलाई आर्थिक सहयोग गरेको छ ।

पाँचथर जिल्ला फालेलुङ गाउँपालीका वडा नं. १ निवासी धनरुप थाम्सुहाँङ लिम्बुका छोरा ११ वर्षीय सुजन थाम्सुहाँङ लिम्बुको टाउकोको चल्नीमा काम गर्ने क्रममा
लडेर रड भासिएको र गम्भीर समस्या भई टिटानस भएको थियो ।

टाउकोको अप्रेशन गर्न निकै रकम लाग्ने भएपछि एकता समाजले आर्थिक संकलन गरी सहयोग हस्तान्तरण गरेको हो ।

विर्तामोडको अस्पतालमा उपचार चलिरहेपनि थप उपचारका लागि भारत जानुपर्ने अवस्था आएपछि कतार नेपाली एकता समाज साहानीया एरिया समितिद्धारा आर्थिक सहयोग संकलन गरी निजको दाई प्रकास थाम्सुहाँङ लिम्बुलाई हस्तान्तरण गरिएको हो । एकता समाजले लिम्बुलाई नेपाली रुपैयाँ चौउनन हजार एकसय छ (५४,१०६) हस्तान्तरण गरेको छ ।

आर्थिक संकलन अभियानमा सहयोग पु्याउनु हुने मनकुमार योङहाङ्ग, पुर्ण कुमार जबेगु, निमा सेर्पा, होम बहादुर मगर, रोशन लिम्बु, विष्णु कुमार जबेगु, लाई कतार नेपाली एकता समाज साहानीया एरिया समितिका अध्यक्ष प्रीजल राईले सबै कर्मठ र सहयोगी साथीहरुलाई अन्तरआत्मा धन्यवाद दिएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: