‘जुवा खेल्न पाउँ’ भन्दै प्रहरीलाई घुस दिने एक जना पक्राउ

भक्तपुरः जुवा खेलेबापत पक्राउ नगर्ने सर्तमा प्रहरीलाई ४० हजार रुपैयाँ घुस दिन खोज्ने एक जनालाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ ।

सूर्यविनायक नगरपालिका वडा नम्बर ५ सल्लाघारीमा गंगालाल श्रेष्ठले घर भाडामा लिई जुवा तास खेलाएकोमा महानगरीय प्रहरी परिसर भक्तपुरले जुवा खेल्ने र खेलाउने व्यक्तिलाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।

याे पनि पढ्नुस  १७ लाख घुस लिँदा लिँदै नापीका ५ कर्मचारी पक्राउ

तर गंगालाल श्रेष्ठले धरौटीमा छुटेपछि फेरि जुवा तास खेलाउनका लागि सहज वातावरण गराइदिन भन्दै प्रहरीलाई ४० हजार रुपैयाँ घुस दिने प्रलोभन देखाएका थिए । उनलाई घुस रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

कमेन्ट गर्नुहोस्