टेस्ट क्रिकेटः वेस्ट इन्डिजविरुद्ध भारतको खराब शुरुवात, सस्तैमा गुमायो ३ विकेट

काठमाडौंः  वेस्ट इन्डिज विरुद्धको टेस्ट क्रिकेटको पहिलो खेलमा भारतले खराब सुरुवात गरेको छ । उसले ८ ओभरको खेल सकिँदा महत्वपूर्ण ३ विकेट गुमाइसकेको छ ।

टस हारेर ब्याटिङको मौका पाएको भारतले पहिलो विकेटका रुपमा मयंक अग्रवाललाई ५ रनमा गुमायो । उनी ४.२ ओभरमा आउट भए ।

मयंकलाई केमार रोचले आउट गर्न सफल भए । भारतले दोस्रो विकेटका रुपमा अनुभवी ब्याट्सम्यान चेतेश्वर पुजारालाई ४.६ ओभरमा केमार रोचकै बलमा क्याच आउट भए ।

यस्तै तेस्रो विकेटकारुपमा भारतले कप्तान विराट कोहलीलाई ७.५ ओभरमा आउट भए । उनलाई ९ रनमा स्यानोन ग्राबियलले आउट गर्न सफल भए ।

ताजा अवस्थामा भारतले ८ ओभरमा ३ विकेट गुमाएर २५ रन बनाएको छ । क्रिजमा उप–कप्तान विराट अजिंक्य रहाणे र केएल राहुल छन् ।

कमेन्ट गर्नुहोस्