जब ओलीले माधव नेपाललाई ‘तपाईंको शुभकामना चाहिँदैन’ भने…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालबीचको सम्बन्धमा झन ठूलो कटुता देखिएको छ ।

घटना आज बिहानको हो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीलाई स्वास्थलाभको शुभकामना दिए । तर उनले धन्यवाद भने सुन्न पाएनन् । यसको साँटो उनले सुने– तपाईको शुभकामना चाहिँदैन ।

याे पनि पढ्नुस  अझै हुन सकेन ओली र नेपालबीच बोलचाल, सचिवालय बैठक प्रभावित

अनलाईनखबरका अनुसार, आफूले स्वास्थ्यलाभको कामना गर्दै शुभकामना दिँदा प्रधानमन्त्रीले तपाईँको शुभकामना चाहिँदैन भनेर जवाफ फर्काएको माधव नेपालले बताएका हुन । लगत्तै बालुवाटारमा नेकपा सचिवालयको बैठक बस्यो । बैठकमा पनि दुई नेताबीच भनाभन भयो । आफू नभएको बेला बैठक बोलाउने अधिकार अर्का अध्यक्ष प्रचण्डलाई दिएका ओलीले निर्णयहरु भने सहमतिमा गर्नुस् भनेपछि नेता नेपालले प्रतिवाद गरेको समाचारमा छ ।

याे पनि पढ्नुस  प्रधानमन्त्रीको घाँटीमा राखिएको ‘क्याथेटर पाइप’ निकालियो

विवादका क्रममा ओलीले नेता नेपाललाई तपाईँको इच्छा के हो भन्ने पनि मलाई थाहा छ, तपाईँले शुभकामना नदिँदैमा केही हुन्न’ भनेका थिए । यो विवादलाई लिएर प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्ने प्रस्ताव गर्दा आफूले विरोध गरेको भनेर प्रचार गरेको भन्दै वरिष्ठ नेता नेपालले असन्तुष्टि जनाएका छन् ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीद्वारा दोस्रोपटक ‘भिडियो कन्फ्रेन्स’मार्फत मन्त्रिपरिषद बैठक

कमेन्ट गर्नुहोस्