परामाणु हतियारबारे उत्तर कोरियाले अमेरिकासँग वार्ता नगर्ने

एजेन्सीः  उत्तर कोरियाले अमेरिकासँग परामाणु हतियारसम्बन्धी वार्ता अस्वीकार गर्ने भएको छ । अमेरिकी सेनाले आफ्नो पक्षमा कुनै परिवर्तन नगर्दासम्म परमाणुबारे वार्ता नगर्ने उत्तर कोरियाले जनाएको छ ।

अमेरिकाले हतियार उत्पादनमा कडाई गरे पनि उत्तर कोरियाले परमाणु हतियार तिव्र रुपमा निर्माण गर्दै आएको छ । यस पक्षमा अमेरिकाले बारम्बार विरोध जनाउँदै आएको छ । जसले दुई देशबीच आपसी विवाद हुँदै आएको छ ।

यसअघि दुई देशबीच परमाणु हतियार निर्माण नगर्ने सहमतिका लागि वार्ता हुँदै आएको थियो । पछिल्ला बैठकहरुमा पनि दुवै देश एक आपसमा वार्ता गर्ने तयारी हुँदै थियो । तर, आगामी दिनमा वार्ता नहुने पक्का भएको छ । वार्ताको तयारी हुँदै गर्दा उत्तर कोरियाले केही दिनअघि मिसाइल परीक्षण गरेको थियो । जसले दुई देशबीच वार्ता नहुने भएको हो ।

कमेन्ट गर्नुहोस्