सिंगापुरमा प्रधानमन्त्रीको स्वास्थ्यको थप परीक्षण

काठमाडौं । बिहीबार नै सिंगापुरतर्फ लागेका प्रधानमन्त्री केपी ओलीको त्यहाँस्थित नेसनल युनिभर्सिटी अस्पतालमा थप स्वास्थ्य परीक्षण हुने भएको छ । ‘एन्टिबडीलाई शरीरबाट निष्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन उनी फेरि त्यसतर्फ जान लाग्नेभएका छन्.,’

प्रधानमन्त्रीका निजी चिकित्सक डा। दिव्या सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सिंगापुरमा रहँदा नेसनल युनिभर्सिटी अस्पतालमै नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञहरूको टोलीले उहाँको मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचारसमेत गर्नेछ ।’

कमेन्ट गर्नुहोस्