नेपाल प्रहरीमा खुल्यो ४ हजारलाई जागिर, खेलाडीको पनि माग

काठमाडौंः नेपाल प्रहरीले विभिन्न पदका लागि ३ हजार ८ सय ३१ जनाको माग गरेको छ ।

प्रहरी प्रधान कार्यालयको मानवश्रोत एवं भर्ना छनौट महाशाखा नक्सालले ठूलो संख्यामा दरखास्त मागेको हो। जस अनुसार प्रहरी जवान पदमा ३ हजार पाँच सय ९६ जना मागेको छ।

१९० जना भान्छे मागेको छ भने हजाम १० जनाको माग छ। त्यस्तै कुचिकार २० जना माग्दा खेलाडी भने २५ जनाको माग छ ।

खेलाडीका लागि भने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा मात्र दरखास्त दिन सकिने छ ।

कमेन्ट गर्नुहोस्