आमाको मायाः ममतामयी स्तनपान, अनाथहरूलाई जीवनदान

काठमाडौं । बालमन्दिरका अनाथ शिशुहरूलाई केही स्वयंसेवी आमाले दैनिकजसो स्तनपान गराउने गरेका छन्। बालमन्दिरको ५० वर्षको इतिहासमा पहिलोपटक ुस्तनपान कार्यक्रमु गत फागुन २० गतेबाट सुरु भएको हो।

यसअघि विभिन्न ठाउँबाट उद्धार गरेर ल्याइएका अनाथ शिशुले बोतलको दुधमात्रै खान पाउँथे। स्तनपान कार्यक्रमु सञ्चालनमा आएपछि बालमन्दिरमा रहेका छ महिनामुनिका १५ जना शिशुले आमाको दूध खान पाएका छन्।

याे पनि पढ्नुस  स्तनपानले कसरी गर्छ शिशुको स्वास्थ्य रक्षा ?

बालमन्दिरमा यसरी स्वयंसेवी भावले स्तनपान गराउन आउने आमा निश्चित समयका लागि भएकोले बालमन्दिरले थप आमाहरूको खोजी वडा कार्यालयमार्फत् पनि गरिरहेको छ। बिबिसी

कमेन्ट गर्नुहोस्