भारतसँग मात्रै नेपालको ८ खर्ब ५५ अर्बको व्यापार घाटा

काठमाडौंः  छिमेकी मुलुक भारतसँग मात्र नेपालको ८ खर्ब ५५ अर्ब रुपैयाँको व्यापारघाटा रहेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा १४ अर्ब १८ अर्ब रुपैयाँ बराबरको आयात भएको निर्यात भने ९७ अर्ब रुपैयाँको भएको छ ।

सो अवधिमा आयातित वस्तुमध्ये ६४.७ प्रतिशतका दरले मुलुकमा भारतबाट ९ खर्ब १७ अर्ब ९२ करोडको वस्तु आयात गरेको थियो । नेपालले ६२ अर्ब ७३ करोडको वस्तु भारतमा निर्यात गरेको थियो ।

गत वर्ष नेपालले भारतसँग मात्रै आठ खर्ब ५५ अर्ब १९ करोडको व्यापारघाटा व्यहोरेको छ । छिमेकी मुलुक भारतसँग मुलुकको व्यापारघाटा सवै भन्दा धेरै रहेको छ ।

मुलुकमा बढ्दै गएको व्यापारघाटा कम गर्नका लागि सरकारले राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा जोड दिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बढ्दो व्यापारघाटा कम गर्नकालागि सम्बन्धित निकायले कार्याजनालाई कार्यान्वयनमा जोड दिनुपर्ने बताएको छ । यो समाचार कारोबार दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्