अपिल त्रिपाठीले भेटे रविलाई, के भयो कुराकानी?

चितवनः  प्रहरी हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेलाई लोकप्रिय कार्यक्रम ‘गण्डकी छड्के’का प्रस्तोता अपिल त्रिपाठीले भेटेका छन् ।

प्रहरी हिरासतमा रहेका लामिछानेलाई त्रिपाठीले हिरासतमै पुगेर कुराकानी गरेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

भेटका क्रममा त्रिपाठीलाई लामिछानेले मुख्य चारवटा विषयमा चासो रहेको बताएको उल्लेख गर्दै त्रिपाठीले आफ्नो फेसबुक वालमा लेखेका छन्ः

याे पनि पढ्नुस  रविकी पूर्व पत्नीले मुख खोलिन्– ‘वाचा पूरा नगरे कानुनी उपचार खोज्न बाध्य हुनेछु’

प्रहरीको हिरासतमा रहेका रवि लामिछाने र युबराज कँडेललाई भेटेँ, रवि लामिछानेको आत्मबिश्वासमा कुनै कमि देखिन, भेटमा उहाँले मुख्यतः ४ वटा बिषयमा कुरा गर्नु भयो, १. मलाई फसाउन खोजियो, २. प्रहरी अनुसन्धानको प्राथामिकता बारे, ३. म यहाँ छु, धेरै जनताका समस्या टेलिभिजनमा देखाउन छुटिसके,

याे पनि पढ्नुस  विप्लव र राजावादीबीच साँठगाँठ ?

४. अस्ति अदालतमा भएका बिषय, साथै चितवनका एसपी, डिएसपी , जिल्लाका राजनैतिक दलका केही नेता र प्रदर्शनकर्ताका अगुवासँग पनि भेटघाट भयो, घटनास्थलमा पनि पुगे, अधिकांश सूचना प्रहरीले लुकाएको छ, परिस्थितिलाई आफू अनुकूल बनाउन केही तत्वहरु मार्फत पुडासैनिको लासमाथि राजनीति पनि गरिए छ, (नोटः म भाषण गर्न चाहिँ आएको हैन है?

चितवन प्रहरीको हिरासतमा रहेका रबि लामिछाने र युबराज कडेललाइ भेटे | रबि लामिछानेको आत्मबिश्वासमा कुनै कमि देखिन | भेटमा…

Posted by Apil Tripathi on Thursday, August 22, 2019

कमेन्ट गर्नुहोस्