Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

धोनी क्रिकेट छोडेर लागेकै हुन् त राजनीतिमा? यस्तो रहेछ कारण

एजेन्सी, भारतीय क्रिकेट टीमका पूर्व कप्तान धोनी नेताको अवतारमा देखिएका छन् । सामाजिक संजालमा उनको नेता जस्तो देखिने तस्बिर सार्वजनिक भए पछि उनले राजनीतिमा पदार्पण गरेको अनुमान धेरैले लगाएका छन् ।

यस अघि धोनी सैनिक अवतारमा पनि देखिइसकेका छन् ।

विश्वकप २०१९ को सेमिफाइनलमा न्युजिल्याण्डसँग पराजित भएर भारतको विश्वकप यात्रामा विराम लागेपछि भारतीय कप्तान धोनीको करिअरबारे थुप्रै अनुमान लगाइन थालेका थिए । उनकै धेरै जसो प्रशंसकले उनलाई अब सक्रिय खेल जीवनबाट सन्यास लिन समेत सुझाव दिए ।

त्यसमै झन् उनलाई वेस्टइन्डिजविरुद्धका शृंखलाहरूमा सामेल नगराइएपछि कतिपयले त भारतीय टीमका चयनकर्ताहरूले नै धोनीलाई नजरअन्दाज गर्न थालेको समेत बताए । तर धोनीले भने त्यस अवधिमा आफू भारतीय सेनासँग सैन्य तालिम लिने निर्णय गरेको बताएपछि कुरो अर्कै रहेछ भन्ने बुझियो ।

धोनी गएको १५ अगस्तमा आफ्नो सैन्य तालिम पूरा गरेर फिर्ता आइसकेका छन् र उनी घर फिर्ता आएको केही दिनमै सामाजिक संजालमा उनको एक नयाँ तस्बिर सार्वजनिक भएको छ ।

यस तस्बिरलाई देखेर धेरैले धोनी निकट भविष्यमा राजनीतिमा जाने समेत अनुमान लगाउन थालेका छन् । हुन पनि भारतमा धेरै क्रिकेट खेलाडीहरू राजनीतिमा गएका छन् र सफल पनि भएका छन् ।

यो मुद्राको तस्बिर सामाजिक संजालमा निकै भाइरल छ ।

हालै सामाजिक संजालमा भाइरल भएको धोनीको तस्बिरमा उनी नेताको पहिरनमा रहेका छन् । तस्बिरमा उनी कुर्ता-पाइजामा र अचकनका साथ देखा परेका छन् । साथै उनले भारतका अक्सर नेताहरूले लगाउने गरेको गाँधी टोपी समेत लगाएका छन् ।

धोनी यस अघि यतो परिधानमा देखा परेका थिएनन् । धेरैले उनको यस तस्बिरलाई शेयर गर्दै अन्य कतिपय क्रिकेट खेलाडी जस्तै धोनी पनि राजनीतिमा प्रवेश गर्न थालेको अनुमान लगाएका छन् ।

धोनी विज्ञापनहरूमा फरक फरक भूमिकामा देखिने गरेका छन् ।

तर तथ्य खोज्दै जाँदा कुरा भने अर्कै रहेछ । धोनीको यो राजनेता मुद्राको तस्बिर उनले राजनीतिमा प्रवेश गर्न खिचाएको नभई उनले एउटा विज्ञापनको लागि खिचाएको खुल्न आएको छ ।

मुम्बईमा छायांकन गरिएको उक्त विज्ञापनमा धोनी नेताको भूमिकामा देखा पर्ने भएका छन् । त्यति मात्र होइन उनले हात जोडेको मुद्रा पनि भारतका कतिपय नेताहरूसँग मिल्दो जुल्दो छ ।

विश्वस्त सूत्रहरूलाई उद्धृत गर्दै भारतीय मिडियाहरूमा आएको समाचार अनुसार धोनीले भारतीय टीमको दक्षिण अफ्रिका भ्रमणमा टीममा फेरि सहभागिता जनाउने छन् । सेप्टेम्बर १५ देखि सुरु हुने उक्त भ्रमणका दौरान दुवै देशका टीमहरूले तीन टेस्ट र तीन टी-२० खेल्नेछन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: