वान डे वरीयतामा नेपाल एक स्थान तल खस्कियो

काठमाडौंः नेपाली राष्ट्रिय क्रिकेट टिम अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको नयाँ एकदिवसीय वरियतामाको एक स्थान तल खस्किएको छ आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६ औँ स्थानमा खस्किएको हो ।

नेपाल यसअघिको वरीयतामा १५ औं स्थानमा रहेको थियो । ८ खेलबाट १९ रेटिङ पाएको नेपाल वरीयतामा यूएई र पपुवा न्यूगिनी भन्दा माथि रहेको छ । नेपाल टि–२० वरीयतामा भने ११ औँ स्थानमा यथावत् रहेको छ ।

आईसीसीको एकदिवसीय वरीयतामा इङ्ल्यान्ड शीर्ष स्थानमा रहेको छ । त्यस्तै भारत दोस्रो स्थानमा रहँदा न्यूजिल्यान्ड तेस्रो र अष्ट्रेलिया चौथो स्थानमा छ । टि–२० वरीयताको शीर्ष स्थानमा पाकिस्तान रहेको छ । त्यस्तै दोस्रोमा इंग्ल्यान्ड तेस्रोमा दक्षिण अफ्रीका रहँदा चौथो स्थानमा भारत रहेको छ ।

कमेन्ट गर्नुहोस्