आमिर खानकी छोरी निर्देशक बन्दै

एजेन्सीः अभिनेता आमिर खानकी छोरी इरा खानले चाँडै यूरिपाइड्स मेडिया नामक नाटकको निर्देशन गर्ने भएकी छन् ।

हालै मात्र यस बारेमा उनका बुवा आमिर खानले पनि एउटा अन्तर्वार्ताका क्रममा यो कुराको संकेत गरेका थिए ।

इरा खानका झुकाव निर्देशनतर्फ बढि छ । उनले आफ्नो सामाजिक सञ्जालमा पनि नाटकको रिहर्सलका केही झलकहरु शेयर गरेकी छिन् ।

याे पनि पढ्नुस  अधुरै रह्यो आमाको मुख हेर्ने अन्तिम इच्छा, क्वारेन्टाइनमै छँदा आमिर खानले सुने दुखद खबर

अहिले आएर फिल्म समीक्षक तरण आदर्शले पनि यो कुराको पुष्टि गर्दै इरा खान चाँडै नै आफ्नो नाटकको निर्देशन गर्न गइरहेको उल्लेख गरेका छन् ।

यसबारेमा तरण आदर्शले ट्वीट गर्दै लेखेका छन्, ‘थिएटर प्रोडक्सनसँग आमिर खानकी छोरी इरा खान निर्देशक बन्न जाँदैछिन् । उक्त नाटकको नाम यूरिपाइड्स मेडिया हुनेछ । यो भारतका केही सिमित शहरहरुमा मात्र प्रदर्शन हुनेछ । यो नाटकको अभ्यास चाँडै नै प्रारम्भ हुनेछ । यो नाटकको प्रिमियरसँग डिसेम्बर २०१९ मा हुनेछ ।’

याे पनि पढ्नुस  आमिर खान अभिनित सिक्रेट सुपरस्टार चीनमा रिलिज, पहिलो दिनमा नै रेकर्ड कमाइ

हालैमात्र इरा खानले सामाजिक सञ्जालमा आफ्ना प्रेमि मिशाल किर्पलानीसँग थुप्रै तस्वीर सार्वजनिक गरेकी थिइन् ।

ती तस्बिरहरुमा उनीहरुको बीचको केमेष्ट्रि देख्न पाइएको थियो । इरा खानले एउटा प्रश्नको जवाफ दिँदै आफ्नो सम्बन्धको कुरा सार्वजनिक गरिदिएकी थिइन् । उक्त तस्बिर भाइरल भएपछि इराले सामाजिक सञ्जालमै थप केही तस्बिरहरु सार्वजनिक गरेकी छिन् ।

कमेन्ट गर्नुहोस्