Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कर्मचारीलाई एक हप्ता परिवारसहित घुम्‍न ९० लाख विनियोजन !

पोखरा । गण्डकी प्रदेशले कर्मचारीलाई घुम्न पठाउनकै लागि चालू आर्थिक वर्षमा ९० लाख रुपैयाँ बजेट समेत छुट्याएको छ ।

सरकारले कर्मचारीलाई उत्प्रेरित गरी जिम्मेवारीप्रति उत्साह बढाउन तथा आन्तरिक तथा ग्रामीण पर्यटन प्रवद्र्धन गर्नको लागि बिदा पर्यटनको अवधारणा ल्याएको हो । सरकारले २०१९ लाई आन्तरिक पर्यटन वर्ष घोषणा गरेको छ । आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने र २०२२ सम्ममा २० लाख पर्यटक भित्र्याउने लक्ष्य प्रदेश सरकारको छ ।

सोही लक्ष्य पूरा गर्नको लागि सरकारले बिदा पर्यटनमार्फत् कर्मचारीलाई घुम्न पठाउने भएको हो । यसबाट सरकारले प्रदेशको सार्वजनिक सेवालाई समयानुकूल, सक्षम र प्रभावकारी बनाउने लक्ष्य समेत लिएको छ ।

बिदा पर्यटनसम्बन्धी कार्यविधि बुधबारको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ । कार्यविधि अनुसार प्रदेश सरकार मातहतका कार्यालयका कर्मचारीहरुले बढीमा एक हप्तासम्मको काज बिदा पाउनेछन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: