प्रहरीद्वारा १७ सय रोपनीमा उम्रिएका गाँजाको बोट नष्ट

काठमाडौंः  काठमाडौं शंखरापुर नगरपालिका–३ मा पर्ने जरसिंहपौवा, बोजिनि, कार्तिके लगायत विभिन्न स्थानमा करिब १७ सय रोपनीमा प्राकृतिक रुपमा उम्रिएका अनुमानित एक लाख गाँजाका बोटहरु नष्ट गरिएको छ ।

बिहीबार शंखरापुर नगरपालिका–३ कार्यालयलको आयोजनामा महानगरीय प्रहरी वृत बौद्ध तथा मातहत कार्यालयमा कार्यरत प्रहरी कर्मचारीको साथै स्थानीय जनप्रतिनिधि, स्थानीय युवा क्लव, वन उपभोक्ता समित, विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक तथा सहकारी संस्थाहरुको सहभागितामा उक्त गाँजाको बोटहरु नष्ट गरिएको हो ।

कमेन्ट गर्नुहोस्