पत्रकार ओम हमाल पक्राउ

कास्की । पोखराबाट पत्रकार ओम हमाल पक्राउ परेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट उनी पोखराको सिसुवाबाट पक्राउ परेका हुन् । हमाल नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य तथा जनसंचार डटकमका सम्पादक पनि हुन्।

पत्रकारिता जगतमा लामो समयदेखि सक्रिय उनी विप्लवनिकट जनपत्रकार पत्रकार संगठनका केन्द्रीय सदस्य तथा गण्डकी–धौलागिरिका संयोजकसमेत हुन्। पत्रकार महासंघ कास्की जिल्ला अध्यक्ष दीपेन्द्र श्रेष्ठले हमालको पक्राउ प्रकरणप्रति खेद ब्यक्त गर्दै पत्रकार हमालको निशर्त र यथाशीघ्र रिहाइको माग गरेको छ।

याे पनि पढ्नुस  रिपोर्टिङ्ग गर्दागर्दै पत्रकारलाई हतकडी लगाइएपछि...

यसैबीच जनपत्रकार संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले गिरफ्तार पत्रकार हमालको तुरुन्त रिहाइको माग गरेका छन्। डुम्रेले शुक्रबार एक विज्ञप्ति निकाल्दै आफ्नो संगठनका केन्द्रीय सदस्य हमाललाई अपहरण शैलीमा गिरफ्तार गरिएको भन्दै यथाशिघ्र रिहा गर्न माग गरेका छन्।

कमेन्ट गर्नुहोस्