यौनाङ्गमा संक्रमण, एलर्जी पोल्ने, श्राव हुने जस्ता समस्या त छैन, पढनुस यौनजन्य संक्रमणबारे विशेष सामग्री

यौन प्रसारित संक्रमणहरु यौनसम्पर्क राखेकाबेला एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने संक्रमणहरु हुन् । यो कुनै पनि प्रकारको यौनक्रियाबाट सर्न सक्छ । यो लिङ्गबाट योनीमा गर्ने यौनक्रिया वा लिङ्गबाट गुदद्वारमा गर्ने मैथुन क्रिया वा मुखमा लिङ्ग राखेर वा मुखमा योनी राखेर गरिने यौनक्रियाबाट पनि हुनसक्छ । कहिलेकहि लिङ्ग अथवा योनीलाई अरू व्यक्तिको संक्रमित जननेन्द्रियमा दल्नाले मात्र पनि यौन प्रसारित संक्रमणहरु हुनसक्छन्। यौन प्रसारित संक्रमणहरु गर्भवती महिलाबाट नवजात शिशु जन्मनुभन्दा पहिले नै वा जन्मने बेलामा पनि सर्नसक्छ । यौन संक्रमणले एचआइभी संक्रमण हुने सम्भावना बढाउँछ ।

यौन प्रसारित संक्रमणहरुको समयमै उपचार गरिएन भने निम्नलिखित समस्याहरू हुन सक्छन् :

पुरुष तथा महिला या दुवैमा बॉभोपन हुनु,
बच्चाहरू समयभन्दा पहिले जन्मनु, धेरै सानो जन्मनु अथवा अन्धो जन्मनु,
डिम्बवाहिनी नलीमा (पाठेघर बाहिर) गर्भ रहनु,
कडा रोगको संक्रमण अथवा एड्स भएर मृत्यु हुनु,
तल्लो पेट दुखिरहनु,
पाठेघरको मुखमा क्यान्सर हुनु ।


महिलाका लागि यौन प्रसारित। संक्रमणहरू किन गम्भीर समस्याहरू हुन् ?

महिला र पुरुष संक्रमण लाग्न सक्छ तर महिलाबाट पुरुषमा भन्दा पुरुषबाट महिलामा यो सजिलै सर्छ । किनकि यौनक्रियाका समयमा पुरुषको लिङ्ग महिलाको शरीरको भित्री भागमा (जस्तै, योनी, मुख वा गुदद्वार) मा प्रवेश गर्दछ। कन्डम प्रयोग नगरी यौनक्रिया गरिएमा पुरुषको वीर्यसँगै रोगका किटाणु र जीवाणुहरू पनि महिलाको शरीरभित्र प्रवेश गर्छन् र जीवाणुहरू महिलाहरूको पाठेघर, डिम्बबाहिनी नली र डिम्बाशयमा संक्रमण हुने ठूलो सम्भावना उत्पन्न हुन्छ । महिलाको जनेन्द्रीयमा घाउ छ भने वा योनीमा संक्रमणको कारणले चरचराईरहेको छ भने, यस्तो अवस्थामा एचआइभी सजिलै सर्ने अवस्था हुन्छ ।

धेरैजसो यौनप्रसारित संक्रमणहरू महिलाहरूका शरीरका भित्री अङ्गमा हुने भएकाले यसका लक्षणहरू पुरुषहरूमा भन्दा महिलामा पत्ता लगाउन गाह्री हुन्छ । त्यसैले प्रायगरी महिलाका जननेद्रियमा जीवाणु संक्रमण भएको छ भन्न कठिन हुन्छ- त्यसमा पनि कुन प्रकारको संक्रमण भएको छ भन्न झनै कठिन हुन्छ।

किन धेरै महिलाहरूलाई यौन संक्रमण हुन्छ ?
महिलालाई यौन संक्रमणबाट सुरक्षित रहन कठिन हुन्छ । प्रायः महिलाले पुरुषको इच्छाअनुसार यौन सम्पर्क राख्नुपर्ने हुन्छ । उनलाई आफ्नो पतिले अर्की महिलासँग पनि यौन सम्पर्क राख्ने गर्छ या ऊ संक्रमित छ भने पनि थाहा हुँदैन । यदि पतिले अन्य संक्रमित महिलाहरूसँग यौन सम्बन्ध राखेको छ भने उसले आफ्नी पत्नीलाई पनि रोग सार्न सक्छ । महिलाले आफ्ना पतिलाई कन्डमको प्रयोग गराउन कर गर्न नसक्ने अवस्था पनि हुनसक्छ। कन्डमको प्रयोग दुवै दम्पतीहरू सुरक्षित रहने राम्रो उपाय हो तर यसका लागि श्रीमान् इच्छुक हुनुपर्ने हुन्छ। हेर्नुहोस् पृष्ठ नं. १९३।)

निम्न बमोजिमका एक वा त्यसभन्दा बढी संक्रमण भएको हुनसक्छ, जस्तै :

योनीबाट असामान्य वा दुर्गन्धित स्राव आउनु
जनेन्द्रीय चिलचिलाइरहन्
जनेन्द्रीय पीडा हुनु
तल्लो पेट दुखिरहनु वा यौन सम्पर्क बेला पीडा हुनु
जननेन्द्रियमा डावर, गाँठो वा घाउ हुनु ।
यौन प्रसारित संक्रमणले पुरुषलाई पनि दुःख दिन्छ यौन प्रसारित संक्रमणको उपचार गरिएन भने यसले पुरुषलाई पनि हानि पुयाउन सक्छ, जस्तै :

बाझापन हुनु
यौनअङ्गमा पीडा भइरहनु
एचआइभी संक्रमण हुनु ।
यौन प्रसारित संक्रमणको जोखिम छ भन्ने कसरी थाहा पाउने ?

कुनै चिह्नहरू नदेखिए पनि नम्न अवस्थाहरु छन् भने जोखिम (यौन प्रसारित संक्रमण भएको) हुनसक्छ । जस्तै :

जोडी मध्ये एकजनाल ई यौन प्रसारित संक्रमणका चिह्नहरू देखिएमा । अर्को जोडीमा यसका कुनै लक्षणहरू नभए तापनि यौन प्रसारित संक्रमण सर्न सक्छ ।
एकभन्दा बढी व्यक्तिहरूसित यौन सम्पर्क रहेको खण्डमा । जति बढी व्यक्तिहरूसँग यौन सम्पर्क हुन्छ ।य’ तीमध्ये कुनै एकबाट यौन प्रसारित संक्रमण सर्ने त्यति नै बढी सम्भावना हुन्छ ।
नयाँ व्यक्तिहरूसँग यौन सम्पर्क राखेमा उक्त नयाँ व्यक्तिबाट यौनप्रसारित संक्रमण भएको अर्को व्यक्तिसँग यौन सम्पर्क राखेको व्यक्ति पनि सो संक्रमण सर्न सक्छ ।
एकजना घरबाट टाढा रहेको अथवा अर्को कुनै महिलासँग पनि यौन सम्पर्क राख्ने गर्छ भने ऊ यौन संक्रमण सार्न सक्छ ।प्रसारित संक्रमणबाट पीडित हुने बढी संभावना रहेको हुन्छ । त्यस्तो व्यक्तिले आफ्नो जोडीलाई पनि संक्रमण सर्न सक्छ ।
यौन प्रसारित संक्रमण भएमा के गर्ने ?

यदि यौन प्रसारित संक्रमणका चिह्नहरु भएका या यौन प्रसारित संक्रमणकोजोखिम भएका व्यक्तिले तुरुन् उपचार शुरु गर्नु पर्छ । दुखको कुरा धेरै स्थानहरुमा यौन प्रसारित संक्रमणको परीक्षण उपलव्ध छैन र भएपनि महंगो छ र सधैं सही सूचना पनि दिदैन । यसकारण

तुरुन्तै उपचार गर्नुहोस्। यस अध्यायमा वर्णन गरिएका चिह्नहरू देखिएमा उपचार विधिहरू अपनाउनु होस्।

परीक्षण उपलब्ध छ भने जाँच गराउनुहोस्। यसो गर्दा अरु प्रकारका यौन प्रसारित छन् भने र चिह्नहरु नभएका अरु पनि थाहा पाउन सकिन्छ ।

यौनजोडीलाई पनि आफूसँगसँगै उपचार गर्न लगाउनुहोस्। यदि यौनजोडीले उपचार गरेन भने यौन सक्छ ।

सुरक्षित यौन सम्पर्क राख्नुहोस्। यौन सम्पर्क राख्दा अन्य यौन प्रसारित संक्रमण वा एचआइभी एकअर्कामा सर्न सक्छ । (पृष्ठ १८९ हेर्नुहोस्) ।

एचआइभी परीक्षण गराउने कोसिस गर्नुहोस्। यौन सम्पर्क राख्दा अन्य यौन प्रसारित संक्रमण वा एचआइभी प्रायजसो संगसंगै सर्न सक्छ।

रोगका लक्षण बिस्तारै हराउँदै गए पनि सबै औषधि खानै पर्छ। औषधिको पूरा मात्रा किन्नै पर्छ। पूरा मात्रा औषधि नखाएमा रोग राम्ररी निको हुँदैन ।

यदि औषधिको पूरै मात्रा खाइसक्दा पनि चिह्नहरु हराएनन् भने स्वास्थ्यकर्मीहरुलाई जचाउनुहोस्। तल्लो पेट दुख्नु वा योनीबाट स्राव निस्कनु अर्को समस्या जस्तै कायन्सरको कारण पनि हुन सक्छ।

यौन प्रसारित। सक्रमणहरुका उपचारका लागि औषधिहरु लिने तरिका
यस अध्यायमा विभिन्न यौनप्रसारित संक्रमणहरुको उपचारमा प्रयोग गरिने औषधिहरुबारे सुल्लाह गछौं। सम्झनुहोस्, जनेन्द्रीयका एउटा भन्दा बढी अन्य सक्रमणहरु वा यौनप्रसारित संक्रमणहरु एक पटक भएका हुन सक्छन्। यसकारण उपचार गर्दा प्रायजसो एक वटा भन्दा बढी औषधिहरु लिनु पर्ने हुन्छ । जुन सही ढंगले लिनुपर्ने कुरौ सुनिश्चित गर्नु होसै।

देशका विभिन्न भागहरूम प्रकारका औषधिहरू बेचिन्छन् तर तिनको मूल्य सबै ठाउँमा एकै छैन जुन सस्ता र राम्रा हुनसक्छन् ती औषधिहरू तपाईंका ठाउँमा नपाइन पनि सक्छन् अथवा त्यसका सट्टामा अर्कै औषधि हुनसक्छ ।

अझ तोकिएका औषधिहरूभन्दा पनि अरू खाले औषधिहरू प्रयोग गर्नुपर्ने अवस्था पनि आउन सक्छ । यदि :

गर्भवती वा स्तनपानका अवधिमा प्रयोग गर्न नहुने औषधिहरू छन् भने
निकोपार्न खोजेको यौन प्रसारित संक्रमणलाई त्यस औषधिले निको नपारेमा (तल पढ्नुहोस्) ।
औषधिहरूले एलर्जी भएमा । खासगरी पेन्सिलिन तथा सल्फा ग्रूपका औषधिहरूले कसै-कसैलाई एलर्जी हुन्छ । सो एन्टिवायोटिकको बदलामा के दिनेबारेमा ४५८ पृष्ठ हेर्नुहोस्।

औषधिसँगको प्रतिरोध र यौनप्रसारित संक्रमणका औषधिहरू

यौन प्रसारित संक्रमण र अन्य संक्रमणको उपचार गर्दा सबै औषधिहरू नविराई खानु आवश्यक छ । यदि कुनै व्यक्तिले ठीकसँग औषधिहरू पूरा मात्रामा नखाई बीचमा नै प्रयोग गर्न छाड्छ भने संक्रमणका सूक्ष्मजीवहरू पूर्णरूपले मर्न सक्दैनन्। यसरी शक्तिशाली सूक्ष्मजीवहरू बाँच्छन्। ती सूक्ष्मजीवहरूले धेरै गुणामा शक्तिशाली सूक्ष्मजीवहरू फेरि उत्पादन गर्छन् जसले अघिल्लो पटकको भन्दा कडा रूपमा संक्रमण लगाउँछ । त्यो औषधि जसले पहिलो संक्रमणलाई निकोपार्न सक्थ्यो अब त्यसले संक्रमणलाई निको पार्न सक्दैन । यस्ते अवस्थालाई औषधि प्रतिरोध भएको अवस्था भनिन्छ ।

यसकारण धेरै ठाउँहरूमा त्यो औषधि जसले गोनोरियाको उपचार गर्न सक्थ्यो, अचेल नसक्ने भएको छ। तसर्थ औषधि प्रयोग गर्नु अघि कुन कुन औषधिले यौन प्रसारित संक्रमणका लागि असर गर्न छाडेका छन्, यसबारे स्वास्थ्य कार्यकर्तालाई सोध्नु पर्दछ । अनि मात्र स्थानीय रूपमा पाइने सबभन्दा उत्तम औषधिहरूको प्रयोग गर्नुहोस्।

औषधिको सही प्रयोग गर्नुहोस्
यौन प्रसारित संक्रमणको उपचार गर्दा यी कुराहरू याद राख्नुपर्छ :

यौनजोडिको पनि उपचार गर्नुपर्छ ।
औषधिहरूको पूरै मात्रा लिनुपर्छ ।
सबै लक्षणहरू नहराउन्जेल र दुवैका औषधिहरू पूरा नसकिउन्जेलसम्म यौनक्रिर
उपचार गरिसकेपछि पनि रोग ठीक भएन भने स्वास्थ्य कार्यकर्तालाई जचाउनु पर्छ ।
रोग निको भइसकेपछि पुनः यौनक्रिया गर्दा सुरक्षित यौनको अभ्यास गर्नुपर्छ
असामान्य
यौनीबाट थोरै स्राव हुनु वा योनी भिजिरहनु सामान्य कुरा हो। योनी सफा राख्ने यो एक प्रकारको प्राकृतिक प्रक्रिया हो । मासिक चक्रका दिनहरूमा असामान्य भने यो स्रावको परिमाणमा परिवर्तन हुन्छ । त्यस्तै गर्भ रहन सक्ने दिनहरूमा योनीस्राव स्राव योनी भिज्ने गरी बढी चिप्लो र सफा रंगको हुन्छ । गर्भवती अवस्थामा स्रावको परिमाण अन्य समयको भन्दा बढी नै हुनसक्छ।

योनीबाट निस्कने स्रावको परिमाण बढेमा रंग वा गन्ध परिवर्तन भएमा यौनांगहरुमा संक्रमण भएको हुनसक्छ तर त्यस्तो स्रावले कुन प्रकारको संक्रमण भएको हो भन्न चाहिँ गाह्रो हुन्छ ।

असामान्य स्रावका प्रमुख कारणहरू

असामान्य स्राव ढुसी संक्रमण वा योनी खुम्चाउन संक्रमणको एक चिह्न हुनसक्छ जुन यौन प्रसारित संक्रमणहरु होइनन्। यस्तो चिह्न टाइकोमोनस, गोनोरिया र क्लामिडिया नामक यौन प्रसारित संक्रमणहरुमा पनि देखिदैनन्। यौन प्रसारित संक्रमणहरुमा प्रायजसो देखिने चिह्नहरू र यसको उपचार तरिकाबारे पृष्ठ २६६ देखि २६८ मा हेर्नुहोस्।

महत्वपूर्ण : योनीस्राव बढी हुँदा तल्लो पेट दुख्यो भने तल्लो पेटको गम्भीर किसिमको संक्रमण हुनसक्छ । यस्तो भएमा तुरुन्त उपचार गराइहाल्नुपर्छ। (पाना नं २७४ हेर्नुहोस् |

ढुसी संक्रमण (क्यान्डिडा, सेतो पानी बग्नु वा काई जम्नु)

ढुसी (Yeast) संक्रमण यौन प्रसारित संक्रमण होइन । यसले जटिल समस्याहरू पनि उत्पन्न गर्दैन । गर्भवती भएको बेला प्रतिजैविक औषधिहरू ** लिंदा अथवा अन्य रोगहरू जस्तै मधुमेह वा एच.आई.भी. हुँदा ढुसीको संक्रमण बढी हुने सम्भावना हुन्छ ।

यानाबाट सता दाना-दाना भएका दूध फाटका वा दहा जस्ता बग्नु |
योनीको भित्री र बाहिरी दुवैपट्टिको छाला गाढा रातो हुनु र त्यसबाट कहिलेकहीं रगत भएको हु | बग्नु ।
योनीभित्र र बाहिर धेरै चिलाउनु ।
पिसाब फेर्दा पोल्नु ।
नमीठो गन्ध आउनु ।
जननेन्द्रिय चिलाउने कारणहरू

जननेन्द्रिय चिलाउने धेरै कारणहरू हुन सक्छन्। योनीको मुखको वरिपरि चिलाइरहनुमा ढुसी वा ट्राइकोमोनासको कारणले हुन सक्दछ । लुतो वा जुम्राको कारणले जननेन्द्रिय र त्यसका रौं वरिपरि चिलाउन सक्छ ।

लुतो र जुम्राको उपचार स्थानीय औषधि वा उपचारहरूबाट अथवा औषधि पसलहरूमा पाइने औषधिबाट गर्न सकिन्छ । बढी जानकारीका लागि हेर्नुहोस् डाक्टर नभएमा’ वा अन्य स्वास्थ्य तथा उपचारसम्बन्धीका किताबहरू ।

बास्ना आउने स्याम्पो र साबुनले पनि चिलाउन सक्छ । यस्तो चिलाउने कुरा विरुवा वा जडिबुटीको रसले र योनी पखाल्ने वा धुने कारणबाट पनि भएको हुनसक्छ । त्यसकारण योनीलाई सफा पानीले मात्र पखाल्नु पर्छ ।

उपचार

ढुसी संक्रमण खतरनाक होइन, यो प्राकृतिक उपचारले समेत निको हुन्छ । यसको उपचार गर्भवतिले बच्चा जन्माउनु अघि नै गर्नु राम्रो हुन्छ । नत्र बच्चामा ढुसी सर्न सक्छ (पृष्ठ ११७ हेर्नुहोस् । सबैभन्दा सजिलो उपचार ठूलो चम्चाको ३ चम्चा कागतिको रस र एक लिटर उमालेर सोलाएको पानीको घोल बनाई गर्न सकिन्छ । यस घोलमा सफा कपास भिजाई सो भिजेको कपासलाई राती तीन दिनसम्म योनीमा राख्नु पर्छ र बिहान सो कपास निकाल्ने गर्नु पर्छ ।

ट्राइकोमोनासिस

ट्राइकोमोनासिस कुनै खतरनाक संक्रमण त होइन तर बढी चिलाएर दिक्क बनाउन सक्छ। । पुरुषमा यो रोग भए पनि कुनै पनि चिह्न देखिदैन तर यौनक्रियाको समयमा उसले अन्य व्यक्तिलाई यो संक्रमण सार्न सक्छ ।

यसका चिह्नहरू

खैरो वा पहेंलो फिज जस्तो स्राव निस्कनु,
दुर्गन्धित स्राव निस्कनु,
जननेन्द्रिय र योनी वरिपरि रातो हुनु वा चिलचिलाउनु,
पिसाब फेर्दा पीडा वा जलन हुनु ।
गोनोरिा र क्लामिडिया

गोनोरिया (धातुरोग) र क्लामिडिया दुवै गम्भीर प्रकारका प्रसारित संक्रमणहरु हुन् तर यिनीहरूको उपचार तुरुन्त गरेमा सजिलै निको हुन्छ । यदि उपचार गरिएन भने महिला तथा पुरुष दुवैमा संक्रमण बढ्छ र बाँझोपन हुनजान्छ ।

पुरुषमा संक्रमित व्यक्तिसँग यौनक्रिया गरेको प्रायः २ देखि ५ दिनपछि चिह्नहरू देखिन थाल्छन्। पुरुषमा चिह्नहरू नै नदेखिए पनि ऊ संक्रमित भएको हुनसक्छ । महिलामा यसका लक्षणहरू हप्तौं वा महिनौसम्म पनि नदेखिने हुनसक्छन्। गोनोरिया र क्लामिडियाका कुनै चिह्नहरू नदेखिएका भए पनि संक्रमित व्यक्तिले अन्य व्यक्तिहरूलाई पनि सार्न सक्छ ।

महिलामा देखिने चिह्नहरू

योनी वा गुदद्वारबाट पहेंलो वा हरियो स्राव वहनु
पिसाब गर्दा दुख्नु वा पोल्नु
ज्वरो आउनुण्
पेटको तलतिर दुख्नु
यौनक्रियाका समयमा पीडा हुनु वा रगत आउनु
अथवा विल्कुलै कुनै पनि लक्षणहरू नदेखिनु
जननेन्द्रियमा मुसाहरू आउनु
जननेन्द्रियमा मुसाहरू भाइरस संक्रमणबाट उत्पन्न हुन्छन्। शरीरका अन्य भागहरूमा देखिने मुसाहरू जस्तै जननेन्द्रियमा देखिने मुसाहरू पनि उस्तै खालका हुन्छन्। कहिलेकहीं जननेन्द्रियमा मुसा भए पनि थाहा हुँदैन । खासगरी मुसा योनीभित्र अथवा लिङ्गको टुप्पामा भित्रपट्टि हुन्छन्। मुसाहरू उपचारविना नै हराउन पनि सक्छन् तर आफै हराउन धेरै समय लाग्छ । धेरैजसो बढेर जान्छन्– त्यसैले उपचार गर्नुपर्छ ।

लक्षणहरू
चिलाउने
सानो सेतो वा खैरो नदुख्ने खालको गाँठो वा मुसा देखिनु।
महिलाहरूमा मुसाहरू प्रायजसो मलद्वार वरिपरि र योनीभित्र अथवा योनीबाहिरको पत्रामा आउँछन् ।
ध्यान दिनुपर्ने कुरा : मुसाहरू ठूला च्याप्टो र भिजेका वा चिसा जस्ता भएमा सिफिलिसको चिह्न हुनसक्छ (हेर्नुहोस् अर्को पानामा) । यसका लागि सिफिलिसको परीक्षण गराउनुहोस् तर तल उल्लेख गरिएको उपचारविधि नअपनाउनुहोस् ।

उपचार विधि

स्वस्थ छाला बचाउन मुसाको वरिपरि भ्यासलिन वा अन्य चिल्लो मलम लगाउनुहोस्।
सानो सिन्काले जतनसाथ थोरैमात्रामा ट्राइक्लोरोएसेटिक एसिड मुसामा मुसा सेतो हुन्ज्याल सम्मन हाल्नुहोस्। ट्राइक्लोरोएसेटिक एसिडको पनि प्रयोग गर्न सकिन्छ । वा बीस प्रतिशत पोडोफिलिनको घोललाई मुसा खैरो नहुन्जेलसम्म त्यही तरिकाले लगाउनुहोस्। पोडोफिलिन राखेको मुसालाई ६ घण्टासम्म पखाल्नु हुँदैन ।
उपचारले काम गर्न थाल्यो भने मुसाभएको ठाउँमा दुख्ने घाउ हुन थाल्छ । त्यो घाउलाई सफा र सुख्खा राख्नुपर्छ । मुसा नहराउन्जेलसम्म यौन सम्पर्क राख्नु हुँदैन । राख्नै परेमा कन्डमको प्रयोग गर्नुपर्छ । यस्ता घाउ एक-दुई हप्ताभित्रमा निको हुन्छ। घाउमा संक्रमण हुन नदिन विचार पुयाउनुपर्छ ।

मुसाहरू हटाउनका लागि धेरैथरिका उपचारहरू छन्। एक हप्तापछि यही उपचारलाई पुनः दोहोथ्र्याउन सकिन्छ तर मुसाको घाउमा अम्ल (Acid) हाल्ने कोसिस गर्नुहुँदैन । घाउ ज्यादै पोल्न/दुख्न थाल्यो भने अर्को उपचार गर्नुभन्दा अघि केही दिन पर्खनु पर्छ ।

जननेद्रियका घाउहरूजननेन्द्रियमा घाउहरू हुने आम कारणहरू
जननेन्द्रियहरूमा हुने धेरैजसो घाउ वा अल्सरहरू यौन सम्पर्कका माध्यमबाट सर्छन्। सिफिलिस र स्यान्क्रोइडले हुने घाउहरू एकैखाले हुने भएकाले कुन संक्रमणका कारणबाट यस्ता घाउहरू भएका हुन् भन्ने थाहा पाउन एकदम कठिन हुन्छ । यसकारणजननेन्द्रियमा घाउहरूको उपचार गर्दा यी दुबै प्रकारका यौन प्रसारित संक्रमणहरुलाई निको पार्ने औषधिहरुको प्रयोग गर्नु पर्छ (यसका लागि पृष्ठ २७१ हेर्नुहोस्)।

महत्वपूर्ण : जनेद्रियमा घाउहरू भएको अवस्थामा यौनक्रिया भएमा एड्स गराउने एचआइभी भाइरस शरीरभित्र पस्ने एउटा सजिलो बाटो बन्छ । यसको रोकथाम गर्न आफूलाई वा आफ्नो यौनजोडिको जनेन्द्रीयमा घाउहरु छन् भने यौन सम्पर्क कायम नगर्नुहोस् ।

सिफिलिस
सिफिलिस एक गम्भीर प्रकारको यौन प्रसारित संक्रमण हो । यसले शरीरका विभिन्न अंगमा नराम्रो प्रभाव पार्छ । शरीरमा यो वर्षौंसम्म पनि रहन सक्छ ।यो किटाणुका कारणबाट हुन्छ र समयमै औषधिहरू दिएर यसको उपचार गरिएमा निको हुनसक्छ।

चिह्नहरू

यसको पहिलो चिह्न भनेको एउटा सानो नदुख्ने घाउ हुन्छ । यो घाउ चिरापरेको घाउ पछिएको डन्डिफोर जस्तो पानीले फुलेको मुसा वा चिरापरेको घाउ जस्तो देखिन्छ । यस्तो घाउ केही दिनमा वा हप्ता दिनसम्म रहेर आफै हराएर जान्छ तर रोग भने शरीरभित्रका सबै भागहरूमा लगातार फैलिइरहेको हुन्छ ।
केही हप्ता वा महिना दिनपछि पैताला तथा हत्केलामा डावर, ठेला उठ्छन् । मुखमा घाउ हुने र जोर्नीहरू सुन्निने पनि गर्न सक्छ । यस अवधिमा रोगीले अरूलाई रोग सार्न सक्छ ।
यी सबै चिह्नहरू पछि आफैं हराएर जान्छन् तर रोग चाहिं निरन्तर रूपमा रहिरहन्छ । उपचार गरिएन भने यसको कारणबाट मुटुको रोग, पक्षाघात, मानसिक बिरामी र अन्त्यमा मृत्यु पनि हुनसक्छ।

गर्भवती र सिफिलिस: सिफिलिस भएका गर्भवती महिलाले यो रोग आफ्नो जन्मिने बच्चामा सार्न सक्छिन्। यसकै कारणबाट बच्चा समयभन्दा अगाडि नै जन्मिने, कुरूप (बाङ्गो टिङ्गो) जन्मिने अथवा मृत जन्मिने हुनसक्छ । यस्तो हुन नदिन गर्भवती अवस्थामा पनि रक्त परीक्षण गरेर उपचार गर्न सकिन्छ । यदि गर्भवती महिला र उनको पतिको रक्तपरीक्षणबाट भिरङ्गी देखिएमा तिनीहरू दुवैले बेन्जाथिन पेन्सिलिन, २.४ लाख युनिट (एकाइ) को सुई हप्तामा एकपल्टको दरले ३ हप्तासम्म लगाई रोगको उपचार गर्नुपर्छ ।

जननेन्द्रियको खटिरा
जननेद्रियमा हुने खटिराहरू (Genital Herpes) भाइरसका कारणबाट हुने यौन प्रसारित संक्रमण हो। यो जननेद्रियहरूमा अथवा मुखमा हुनसक्छ। मुखमा उछने यस्तो खटिरालाई जनै खटिरा भनिन्छ । यो खटिरा घाउहरू बन्दै, महिनौं वा वर्षौंसम्म आउँदै जाँदै गर्ने गर्छन्। यस किसिमको खटिरा निको पार्ने कुनै उपचार हुँदैन तर दुखाइ कम गर्न र घाउ पाक्न नदिन भने उपचार चाँहि गरिरहनु पर्छ।

तर मुखमा आउने सबै किसिमका घाउ खटिरा यौनक्रियाबाट फैलिदैनन्। केटाकेटी र वयस्कहरूको मुखमा आउने जनै खटिरा ज्वरो आउँदा वा रुघा लाग्दा पनि आउँछ ।

यसका चिह्नहरू
जननेद्रियका वरिपरिको छाला तथा तिघ्रामा चरचयाउनु, चिलाइरहनु अथवा दुखिरहेको अनुभव हुनु ।
स-साना पानीका फोकाहरू जस्ताघाउ फुटेर, दुख्न थाल्छ साथै जननेन्द्रियहरूमा घाउ बन्छ ।
पहिलोपल्ट भएका जनै खटिराको घाउ ३ हप्ता वा त्यसभन्दा बढी दिनसम्म रहन सक्छ। त्यसबेला ज्वरो आउँने, टाउको दुख्ने, जिउ दुख्ने, जाडो हुने र कांछमा सुन्निएको गाँठो बन्ने हुनसक्छ । दोस्रोपटक भने अलिक कम दुख दिन्छ ।

गर्भावस्था र जननेन्द्रीयको खटिराहरू :

जननेन्द्रीयका खटिराबाट संक्रमित भएका गर्भवती महिलाले बच्चा जन्माएको बेलामा यो रोग बच्चामा सर्ने सम्भावना रहन्छ । यसो हुनाले बच्चाहरूका लागि खतरनाक समस्या हुनसक्छ । त्यसकारण बच्चालाई अस्पतालमा जन्म दिने व्यवस्था मिलाएमा शल्यक्रियाद्वारा बच्चा निकाल्न सकिन्छ वा बच्चाले जन्मिने बित्तिकै विशेष औषधि उपचार पाउन सक्छ ।

केही सन्चो गराउनका लागि :

घाउ भएको थाहा हुनासाथ घाउ भएको ठाउँमा बरफको टुक्रा वा चिसो पानीको पट्टी करीव २० मिनटसम्म राख्नुहोस्।
चियापती उमालेको पानीमा कपडालाई भिजाएर त्यसले घाउमा सेक्नहोस
सफा तथा चिसो पानी भएको बाटामा थचक्क बस्नुहोस्।
पानी र खाने सोडा मिसाएर वा मकैको माड बनाएर घाउ वरिपरि लगाउनुहोस्।
पृष्ठ नं. २७८ मा दिइएका सुझावहरू पनि यस समस्याका लागि उपयोगी हुन्छन्।

खटिराको उपचारसम्बन्धी केही जानकारी

पहिलो पटक खटिराहरु देखिएमा, एसाइक्लोभिर’ नामको औषधि लिनुपर्छ । यो २०० मिग्रा को चक्कीका दरले दिनमा ५ पटक ७ दिन सम्म वा ४०० मिग्राको चक्की ३ पटक ७ दिन सम्म खानु पर्छ ।
यो खटिरा बल्झेको चिह्न जस्तै झझमाएको, पोलेको वा खटिरा देखा परेमा माथिको बताइएको मात्राका दरले ५ दिन सम्म खानु पर्छ ।
हुन त एसाइक्लोभिर’ ले खटिराहरूलाई निको पार्न नसके यस संक्रमणलाई मलुवा, दुखाइ र छोटो अवधीको बनाउन सक्छ ।

यौन प्रसारित संक्रमणका जटिलताहरू

तल्लो पेट सुन्निने रोग

तल्लो पेट सुन्निने रोग भनेको महिलाको तल्लो पेटभित्र भएका प्रजनन अंगहरूमध्येको कुनै पनि भागमा हुने संक्रमण हो । यसलाई कोखको संक्रमण’ पनि भन्न सकिन्छ ।

यदि यौनरोग खासगरी धातुरोग वा क्लामिडिया जस्ता रोगको उपचार भएन (Pelvic Inflammatory Disease) सुत्केरी वा गर्भपतन भएको वा गर्भपात गराइएको छ भने पनि हुनसक्छ ।

कोख सूजन हुने रोग गर्ने किटाणुहरू महिलाको योनीको बाटो हुँदै पाठेघरको मुखमा पुग्छन् र त्यसपछि गर्भाशय, डिम्बवाहिनी नलीहरू र डिम्बाशयहरूमा फैलिन्छन्। यदि यस संक्रमणलाई समयमै उपचार गरिएन भने यसले खप्नै नसक्ने पीडा, गम्भीर बिमारी र मृत्यु पनि गराउन सक्छ । डिम्बवाहिनी नलीहरूमा हुने संक्रमणले नलीमा खत हुने हुनाले बॉभोपन गराउछ अथवा गर्भवती हुँदा गर्भ पाठेघर बाहिरको नलीमा रहन सक्छ ।

चिह्नहरू : (यी चिह्नहरू एक या सोभन्दा बढी पनि देखिन सक्छन्।)

तल्लो पेट दुख्नु
धेरै ज्वरो आउनु
असाध्यै बिरामी र कमजोर भएको अनुभव हुनु
योनीबाट हरियो वा पहेंलो दुर्गन्धित स्राव हुनु
यौनक्रियाका समयमा पीडा हुनु वा रगत बग्नु ।

उपचार विधि

तुरुन्तै तल लेखिएका औषधिहरू लिन सुरु गर्नुपर्छ । औषधि खाएको २ दिन र २ रात (४८ घण्टा) पछि पनि सन्चो भएन भने वा धेरै नै ज्वरो आइरहयो भने स्वास्थ्य चौकी जानुपर्छ । साथै निकै सिकिस्त भए वान्ता भइरहे अथवा भर्खरै गर्भपात गरेको वा सुत्केरी भएको छ भने यी अवस्थाहरूमा पनि तुरुन्त अस्पताल अथवा स्वास्थ्य केन्द्र जानुपर्छ । यस्तो बेलामा नसाबाट दिइने तथा अरू असरदार औषधिहरूको आवश्यकता हुनसक्छ।

तल्लो पेटको संक्रमणका साथै यौन प्रसारित संक्रमणले महिलाहरूमा अन्य समस्याहरू पनि उत्पन्न गराउछ । यौन प्रसारित संक्रमण निको नभएका महिलाहरूलाई बाँझोपन हुने (पृष्ठ २२९ हेर्नुहोस्) र पाठेघरबाहिर गर्भ रहने ( पृष्ठ ७३ हेर्नुहोस्) सम्भावना बढी रहन्छ । यस बाहेक यौन प्रसारित संक्रमणले निम्न समस्याहरू पनि उत्पन्न गराउँछ ।

योनी सुन्निनु (बार्थोलिन ग्लान्ड इन्फेक्सन)

योनीको अलिकति भित्रपट्टि २ वटा साना थैलीहरू हुन्छन्। जसलाई बार्थोलिन ग्रन्थीहरू’ भनिन्छ । ग्रन्थीहरूले बनाउने तरल रसले योनीलाई भिजाइराख्छ । कहिलेकहिं किटाणुहरू यी ग्रन्थीहरूभित्र पस्छन् र एउटा वा दुवै ग्रन्थीहरू संक्रमित हुन्छन्।

चिह्नहरू

योनीको मुजा कालो रंगको हुने सुन्निने, पोल्ने, र दुख्ने । प्रायगरी यो एकपट्टिको मुजामा हुने
कहिलेकाहीं यो ठाउँमा सुन्निन्छन् र दुख्दैन ।धातुरोग र क्लामिडिया भएका महिलालाई यो बढी हुनसक्छ । यौन प्रसारित संक्रमण बाहेक अन्य कारणले पनि बाथोलिन ग्रन्थी सुन्निन सक्छ ।

उपचार

तातो पानीमा सफा कपडालाई भिजाएर सुन्निएको ठाउँमा सेक्नु पर्छ । पानी छाला नपोल्ने ठीक तातो हुनुपर्छ । यस्तो पटक-पटक गर्नुपर्छ। जबसम्म सुन्निएको भाग फुटेर त्यसबाट पिप बाहिर आउदैन अथवा सुन्निएको हराएर जाँदैन तब सम्मन सेकिराख्नु पर्छ ।
श्रीमान् श्रीमती दुवैले धातुरोग र क्लामाइडियाका औषधिहरू लिइरहनु आवश्यक छ । पाना नं. २६६ मा लेखिएको औषधिको तालिका हेर्नुहोस्।
दुखेको र सुन्निएको कम भएन भने तालिम प्राप्त स्वास्थ्य कार्यकर्तालाई देखाउनुपर्छ । उनले जमेर रहेको पिपलाई बाहिर निकाल्न सक्छन्।
नवजात शिशुहरूमा हुने समस्या

धातुरोग र क्लामिडियाबाट पीडित शिशु महिलाहरूले बच्चा जन्माउँदा, शिशुहरूलाई यो रोग सर्न सक्छ । यस्ता बच्चाहरूको आँखा गोनोरियाबाट (नवजात शिशुको कन्जक्टिभाइटिस) संक्रमित हुन्छन्। यो संक्रमणले बच्चाहरूलाई अन्धो बनाउन सक्छ । नवजात शिशुको कन्जक्टिभाइटिस रोक्नका लागि बच्चा जन्मिने बित्तिकै तिनीहरूका आँखाहरूमा एन्टिवायोटिक मलहम लगाइ दिनुपर्छ । जन्मदिने आमालाई क्लामिडिया नामक यौनरोग छ भने त्यसले नवजात शिशुहरूमा न्यूमोनिया पनि गराउँछ ।

अन्य यौन प्रसारित संक्रमण

एच.आई.भी. संक्रमण

एड्सको परिणाम ल्याउने एच.आई.भी. भाइरस असुरक्षित यौनसम्पर्क गरिएका बखत प्रसारित हुन्छ । यो संक्रमित व्यक्तिको रगत र वीर्य वा योनीस्रावबाट अर्को व्यक्तिलाई सर्छ । जननेन्द्रीयमा घाउहरु छन् भने एचआइभीलाई एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने मौका मिल्छ । यौन प्रसारित संक्रमण तथा एचआइभी भएका व्यक्तिको वीर्य र योनीरसमा धेरै मात्रामा एचआइभी रहेका हुन्छन् ( पृष्ठ २६२ हेर्नुहोस्) ।

एच.आई.भी. संक्रमण निको पार्ने उपचार अहिलेसम्म छैन । तर, यसको उपचारबाट एच.आई.भी. भएका व्यक्तिको जीवन सुधार र लम्व्याउन सकिन्छ ।

एच.आई.भी. एक अर्कामा सर्न नदिन सुरक्षित यौन अभ्यास गर्नु पर्छ । यदि कुनै एचआइभी भएको व्यक्तिसँग आफ्नो यौनसम्पर्क भएको थियो जस्तो लाग्छ भने नजिकको स्वैच्छिक परामर्श केन्द्र भिसिटी) मा जाने निर्णय चाडै गर्नुहोस्।

हेपाटाइटीस ‘बी’ (जन्डिस) :हेपाटाइटिस ‘बी’ भाइरसले गर्ने खतरनाक संक्रमण हो । यो संक्रमण भएपछि कलेजोको बिगार गर्छ । यो संक्रमण पनि एड्सको भाइरसले जसरी नै रोगी व्यक्तिको रगत, याल, वीर्य/योनीस्रावका माध्यमबाट सजिलैसँग खासगरी यौनक्रियाका समयमा एकबाट अर्को व्यक्तिमा सर्छ ।

ज्वरो
अरूचि।
थाकेको र कमजोर अनुभव हुनु
आँखा वा छाला पहेंलो हुनु
पेट दुख्नु
पिसाव पहेंलो र सेतो दिसा हुनु
कहिलेकहीं यी कुनै चिह्नहरू नदेखिन पनि सक्छन्।

उपचार विधि

हालसम्म यस रोगको उपचारका लागि औषधि छैन । साँच्चै भन्ने हो भने औषधिले उल्टै कलेजोलाई खराब असर गर्छ ।

धेरै मानिसहरू हेपाटाइटिस बी संक्रमण भएपछि आफै निको हुन्छन्। यो रोग लागेका केही मानिसहरूलाई मात्र कहिले निको हुन नसक्ने क्यान्सर लगायत कलेजोका अन्य समस्याहरू हुन सक्छन्। हेपाटाइटिस बी’ भएमा जतिसक्दो आराम गर्नुपर्छ र सजिलैसँग पच्ने खालका खानाहरू खानुपर्छ । कम्तीमा ६ महिनासम्म जाँड, रक्सी जस्ता पेय पदार्थहरू पिउनु हुँदैन । गर्भावस्था र हेपाटाइटिस : गर्भवती भएको बेला यी लक्षणहरू देखा परेमा स्वास्थ्य कार्यकर्तालाई जचाउँनु पर्दछ । जन्मिने बच्चालाई हेपाटाइटिस बी’ लाग्नबाट सुरक्षित राख्नका लागि महिलाले खोप लगाउनुपर्ने हुनसक्छ ।

कसरी आरामको अनुभव गर्ने ?

यौन प्रसारित संक्रमण निको पार्नका लागि स्वास्थ्य कार्यकर्ताहरूको सल्लाह लिएर यस अध्यायमा वर्णन गरिएका औषधिहरू खानैपर्छ । यौनप्रसारित संक्रमणको पीडाबाट आराम लिनका लागि केही उपायहरू तल दिइएका छन् :

परिवर्तनका लागि गर्न सकिने कामहरू
यौनप्रसारित संक्रमणाबाट कसरी बच्ने ?

सुरक्षित यौनको अभ्यास गर्नुपर्छ (यौन-स्वास्थ्य अध्यायमा हेर्नुहोस्।

यौनक्रिया गर्दा जहिले पनि कन्डमको प्रयोग गर्नुपर्छ ।

महिलाको यौनसाथीले कन्डमको प्रयोग गर्दैन आफैले डायफ्रामसँग शुक्रकीटनाशक राखेर प्रयोग गर्नुहोस्। यसले केही हदसम्म भए पनि धातुरोग र क्लामिडियाबाट सुरक्षित राख्नेछ ।
यौनक्रियापछि जननेन्द्रियलाई पानीले राम्रोसँग धुनुपर्छ ।
यौनक्रिया गर्नासाथ पिसाब फेर्नुपर्छ ।

योनी डुस लगाएर पखाल्नु हुँदैन र साथै योनी सुख्खा राख्न जडीवुटी वा त्यसको धुलोको प्रयोग पनि नगर्ने । योनीलाई साबुन लाएर पखाल्नु हुँदैन । यसो गर्दा योनीलाई स्वस्थ राख्न मद्दत गर्ने प्राकृतिक चिसोपनालाई नष्ट गर्ने गर्दछ। योनी सुख्खा भएका अवस्थामा यौनक्रिया गर्दा यसले चरचराउने र पोल्ने हुनसक्छ । यस्तो बेला एड्स वा अन्य यौनरोगको संक्रमण हुने सम्भावना बढी हुन्छ ।
महिला र पुरुष कन्डमले

एच.आई.भी.लगायत यौन प्रसारित संक्रमणबाट बचाउँछ।
यौनजोडीको स्वास्थ्यको पनि सुरक्षा गर्छ ।
नचाहेको गर्भ रहनबाट रोक्छ ।
यौनजोडीमा यौन प्रसारित संक्रमणका चिह्नहरू देखिएमा पूर्ण रूपमो। निको नहुन्जेलसम्म यौनक्रिया नगर्ने ।

कमेन्ट गर्नुहोस्