पार्टीभित्रको वादविवाद श्रीमान्–श्रीमतीको घर झगडाको रुपमा बुझ्नुहोस्ः नेता नेपाल

काठमाडौंः  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले आफू र पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच भनाभन भएको विषयलाई सामान्य ढंगले बुझ्न आग्रह गरेका छन् ।

सहयोगी नगर सामुदायिक समाजले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा नेता नेपालले कार्यकर्ताहरुले त्यसबारे चिन्ता व्यक्त गरेकोमा आफ्नो ध्यानाकर्षण भएको भन्दै विषयलाई गम्भीर ढंगले नबुझ्न आग्रह गरेका हुन् ।

याे पनि पढ्नुस  नेकपा सचिवालयले गर्यो दुइवटा महत्वपूर्ण निर्णय

विषयवस्तुमाथिको बुझाइमा एकरुपता ल्याउन, एजेण्डा स्थापित गर्न पार्टीभित्र वादविवाद भइरहने भन्दै उनले त्यसलाई श्रीमान् श्रीमतीको घर झगडाको रुपमा बुझ्न पनि सुझाव दिए । झगडा भयो भनेर वैवाहिक जीवनप्रति नै निरास हुनुको सट्टा समस्या समाधान गर्दै अघि बढ्नुपर्ने भन्दै नेता नेपालले राजनीतिमा पनि भागेर नभइ समस्याको सामना गर्दे अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

याे पनि पढ्नुस  नेकपा सुदूरपश्चिम प्रदेश कमिटी बैठक शुरु

उनले भने, ‘श्रीमान् श्रीमतीको झगडा भयो भने दिक्क मान्ने? बिहे गर्नु, छोराछोरी जन्माउनु नै बेकार रहेछ भन्नु? समस्या त आउँछन् । नआओस् भन्ने हो भने पर जंगलमा गएर एक्लै तपस्या गरेर बसे हुन्छ । समस्याहरुको सामना गर्ने आँँट र सामर्थ्य हुनुपर्छ । यदि तपाईँमा सामर्थ्य छैन भने तपाईँ केही पनि गर्न सक्नुहुन्न ।’

याे पनि पढ्नुस  ड्राईभर र पियनका लागि पम्फा भुसालले राखिन यस्तो प्रस्ताव

नेता नेपालले पारिवारिक, राजनीतिक लगायत सबै क्षेत्रमा नेतृत्वले सुन्ने धैर्य गर्नुपर्ने र सबैको कुरा सुनेर निर्णयमा पुग्नुपर्ने धारणा राखे ।

कमेन्ट गर्नुहोस्