Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

रवि लामिछानेमाथि मुद्दा दर्ता हुने, अदालतबाट धरौटीमा छुट्ने मात्रै विकल्प बाँकी ?

काठमाडौंः  शालिक राम पुडासैनीको आत्महत्या नोटका कारण अनुसन्धानमा तानिएका न्यूज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेले अदालतले म्याद थपेपछि एउटा स्टाटस लेखे ।

जेलमा उनकी पत्नीले भेटन जाँदा रविले उक्त स्टाटस पोष्ट गर्न भनेको देखिन्छ । स्टाटसमा रवि लामिछानेले आफूलाई प्रहरीले पाँच वर्ष सजाय दिलाउने किसिमले अनुसन्धान गरेको कुरा स्वीकार गर्दै प्रहरीबाट असुरक्षित भएको कुरा अगाडि सारे ।

यो रवि लामिछानेले आफ्ना समर्थकलाई उत्तेजित पार्न र आफू साँच्चि नै दोषी प्रमाणित भएर मुद्दा चल्ने संकेत पाएर लेखेको जस्तो देखिन्थ्यो ।

चितवन प्रहरीले अहिलेसम्म अनुसन्धानमा प्राप्त तथ्यहरु र त्यसको तथ्य संरचना सार्वजनिक गरेको छैन । सम्भवतः यी सबै कुराहरु अभियोजन पत्रमा उल्लेख गरिने छन् । तर प्रहरीको एउटा मुख्य बुझाई भनेको पत्रकार पुडासैनीले अस्वभाविक आत्महत्या गरे भन्ने नै हो ।

अस्वभाविक आत्महत्यालाई पुष्टि गर्ने आधार मा प्रहरीले मुख्यतः पुडासैनीको रेकर्डेड भिडियोलाई आधार मानेर अनुसन्धान शुरु गरेको थियो ।

उक्त भिडियोमा रवि लामिछाने र केही अन्य व्यक्तिको नाम मुछिएपछि प्रहरीले दोश्रो चरणमा रविलगायतलाई पक्राउ गरी बयान लिने काम गर्यो ।

सँगसँगै प्रहरीले भिडियोमा उल्लेख गरिएका आत्महत्याका लागि परिस्थिति निर्माण गर्ने पक्षहरुबारे अनुसन्धान शुरु गरेको छ । जसमा पुडासैनी र रवि लामिछानेका कल रेकर्ड, सामाजिक सञ्जालका कुराकानी, उनीहरुको औपचारिक र अनौपचारिक सम्बन्ध रहेका अन्य व्यक्ति या पक्षहरु रहेका छन् ।

विश्वस्त श्रोतका अनुसार, प्रहरीले यी सबै पक्षहरुको सूक्ष्म अनुसन्धान गरी अभियोजन पत्र तयार गरिरहेको छ । तर रवि लामिछानेमाथि मुख्य आरोप लागेको कारण यो अभियोजन पत्रसँगै प्रहरीले रविलाई अदालतलमा प्रस्तुत गर्ने सम्भावना बलियो बनेको छ ।

यतिखेर रवि लामिछानेका हजारौं समर्थक देशभरी नै आन्दोलनमा छन् । त्यसैले प्रहरीले नियोजित तरिकाले तथ्यलाई दायाँबायाँ गर्ने कुनै सम्भावना छैन । कतिपयले आशंका गरेपनि यदि रवि लामिछानेले आत्महत्याका लागि दुरुत्साहन गरेका होइनन या सजिलो भाषामा पुडासैनीका लागि त्यो बाध्यात्मक परिस्थिति सिर्जना गरेका होइनन् भने प्रहरीले अनाहकमा जबर्जस्ती रविविरुद्ध केस चलाउन सक्दैन । त्यसैले पनि प्रहरीले हरेक दबाबलाई चिर्दै अनुसन्धानलाई गहनरुपमा अघि बढाएको श्रोतले बतायो ।

श्रोतका अनुसार, पुडासैनी र रविसँग जोडिएका सबै पक्षको गहन अनुसन्धानका आधारमा अभियोजन पत्र तयार गरिने छ । यो अभियोजन पत्रसँगै रविलाई समेत अदालतमा प्रस्तुत गरिने छ ।

अदालतमा रविका लागि फेरी अदालती बयान दिने मौका भने सुरक्षित छ । सम्भवतः त्यसपछि उनी धरौटीमा रिहा हुन सक्ने छन् ।

एउटा अचम्मको कुरा चाहि के छ भने हिरासतबाट फेसबुकमा पठाएको रविको स्टाटसमा उनले रिहाई भएको ५ मिनेटमा आफू निर्दोष हुने कुरा प्रमाणित गर्नसक्ने बताएका छन् । त्यसो हो भने त्यो कुरा त उनले प्रहरीलाई बयानमा पनि भन्न सक्छन् या आफूलाई भेटन आउने मानिसहरुमार्फत पनि बाहिर ल्याउन सक्छन् । त्यो उनी किन गर्दैनन त ? यो कुरा भने खुल्न सकेको छैन । कतिपयले भने रविको यो भनाई आफू फस्ने नै देखेपछि मासको संवेदना यानि कि सेन्टिमेन्ट जित्नका लागि हो भन्ने बताएका छन् ।

सबै घटनाक्रम हेर्दा सम्भवतः प्रहरीले पक्राऊ परेको तीन हप्ताभित्र रविलाई अदालतमा प्रस्तुत गर्न सक्छ । अहिले दोश्रो हप्ता उनी हिरासतमा छन् ।

यो साता उनी र अन्यको बयान लिने, ती बयानहरुको क्रस भेरिफिकेसन गरिने, शंका लागेको कुरामा फेरी बयान लिइने अनि प्राविधिक पक्षबाट (मोबाइललगायत) पाइने अन्य तथ्यसँग लिइएको बयानको भेरिफिकेसन गर्ने लगायतका काममा समय लाग्छ नै ।

यी सबै कामहरु सकेपछि एउटा निश्कर्षमा प्रहरी पुग्न सक्ने हुन्छ । त्यही आधारमा प्रहरीले मुद्दा दर्ता गर्न सक्ने श्रोतले बतायो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: