अदालतको चौथो आदेशपछि रिहा भए विप्लव समूहका वली

काठमाडौंः  नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता लालबहादुर वली ‘विश्व’ १ सय २७ दिनमापछि रिहा भएका छन्।

शुक्रबार सर्वोच्च अदालतले रिहा गर्न चौथोपटक आदेश दिएपछि उनी हिरा भएका हुन्।

राज्यले गैरन्यायिक तरिकाले थुनामा राखेको भन्दै तत्काल रिहाइको मागसहित उनका छोरा विनोद वलीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

रिट निवेदनमाथि आइतबार भएको बहसमा न्यायाशीशहरु सपना प्रधान मल्ल र प्रकास ढुंगानाको संयुक्त इजलाशले वली अपराधिक कार्यमा संलग्न नरहेको ठहर गरेको थियो।

कमेन्ट गर्नुहोस्