श्रीमतीले नै सुपारी दिएर श्रीमान्‌को हत्या

धनुषाः  महोत्तरीको बर्दिबासमा श्रीमतीले सुपारी दिएर श्रीमान्‌को हत्या गराएको घटनामा संलग्न ४ जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ।

महोत्तरीका एसपी श्याम कृष्ण अधिकारीका अनुसार श्रीमतीले पेसेवर अपराधी प्रयोग गरेर श्रीमान्‌को हत्या गराएको रहस्य खुलेको हो ।

एसपी अधिकारीका अनुसार बर्दिबास नगरपालिका–३, गौरीडाँडाका ३६ वर्षीय ुसरोजु भनिने श्रवण थापालाई उनकै श्रीमती पूजा थापाले सुपारी दिएर हत्या गराएकी खुलेको हो। पूजाले श्रीमान्‌को हत्या गराउन आफ्नै बहिनीमार्फत पेसेवर अपराधीको सहयोग लिएको अनुसन्धानको क्रममा देखिएको एसपी अधिकारीले बताए।

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेर आज सर्वजनिक गरेको हो। पक्राउ पर्नेमा सर्लाही धनकौल गाउँपालिका–३, हरकटवाका २७ वर्षीय प्रमोद सिंह, सोही गाउँपालिकाको वडा–२ बस्ने २७ वर्षीय मुकेश साह, रौतहटको गढीमाई नगरपालिका–६, बखरी टोलका ३३ वर्षीय ‘जिला’ भनिने श्रीनारायण महरा र ४६ वर्षीय टिआई सहनी रहेका एसपी अधिकारीले जानकारी दिए।

कमेन्ट गर्नुहोस्