रवि समर्थकको आन्दोलनकैबीच विप्लवद्वारा चितवन बन्दको घोषणा

चितवनः नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भदौ ९ गते चितवन बन्दको घोषणा गरेको छ ।

नेकपा चितवन सेक्रेटरी धुर्व र ईन्चार्ज शार्दुलले जारी गरेको बिज्ञप्तीमा भदौ ६ र ७ गते प्रचार–प्रसार, ८ गते मसाल जुलुस र ९ गते चितवन बन्दको घोषणा गरिएको हो ।

यसैबीच, पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ११ को कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ ।

बिहीवार राती गराइएको आगजनीबाट वडा कार्यालय पूर्णरूपमा नष्ट भएको राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागाईँले जानकारी दिए ।

अज्ञात समूहले ढोका फोरेर आगजनी गरेको घटनाको प्रकृतिले देखाएको हुमागाईँले बताए ।

 

कमेन्ट गर्नुहोस्